१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

अनुमति ढिलाइले राेकियाे कलेजाे प्रत्यारोपण

काठमाडौ - प्रत्यारोपण अनुमति ढिलाइले कलेजो प्रत्यारोपण सेवा स्थगित भएको टिचिङ अस्पताल कलोजो प्रत्यारोपण इकाइले जनाएको छ। अस्पतालले जेठको दोस्रो सातादेखि सेवा सुरु गर्ने जनाएको थियो।

प्रत्यारोपणको लागि अस्पतालले सरकारबाट अनुमति लिनुपर्छ। यही अनुमतिको लागि अस्पतालको कलेजो प्रत्यारोपण दुई पटक प्रस्ताव निवदेन दिइसकेको थियो। पहिलो प्रस्ताव निवेदन एक वर्षअघि र दोस्रो निवेदन ६ महिनाअघि प्रस्तावित गरेको थियो। ‘अनुमति प्रस्तावका लागि दुई पटक निवेदन पेश गरिसक्यौं, अहिलेसम्म हुन सकेको छैन,’ टिचिङ अस्पताल कलेजो प्रत्यारोपण इकाइका संयोजक डा. रमेश भण्डारीले भने। उनका अनुसार मन्त्रालयमा मानव अंग प्रत्यारोपण समिति नभएकोले वर्षौं ढिलाइ भएको हो।

यो कार्यक्रमको लागि पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले बजेट समेत छुट्टयाइसकेका थिए। कार्यक्रमको लागि बजेट आएपछि अस्पतालले यो सेवाको लागि तयारी गरिसकेको छ। ‘प्रत्यारोपणको लागि आवश्यक आइसियु र विभाग दुवै तयारी भइसकेको छ, अनुमति पाए यो सेवा छिट्टै सुरु गर्छौं,’ डा.भण्डारीले भने।

कलेजो प्रत्यारोपण सेवा सुरु हुने घोषणा गरेपछि कलेजोका दर्जनौं बिरामी अस्पताल पुगेका थिए। सेवा समयमै सुरु हुन नसकेपछि कलेजो प्रत्यारोपण गर्ने अवस्थाका विपन्न बिरामी प्रभावित भएको डा. भण्डारीले बताए । ‘हामीले सुरु गर्छौं भन्यौं । बिरामी आए। अन्यौलमा परे,’ उनले भने। इकाइका अनुसार अस्पतालमा उपचारमा आउने मध्ये दैनिक २ जना बिरामी प्रत्यारोपण गर्ने अवस्थाका छन्। अनुमति पाएमा सेवा छिट्टै सुरु गर्न सकिने डा. भण्डारीले बताए । ‘सामग्री पनि आउन लागे अब अनुमति पाउनेबित्तिकै सुरु गर्छौं,’ उनले भने।

अस्पताल प्रशासनका अनुसार अस्पतालमा एक जर्मनी कम्पनीसँग खरिद गर्न लागिएका कलेजो प्रत्यारोपणमा आवश्यक सामग्री पनि आउन ढिलाइ भएकले पनि सेवा सुरु गर्न अप्ठेरो परेको थियो। ‘समयमै पठाउने भनेका सामानहरु कम्पनीले ढिलो पठाउने जानकारी दियो,’ टिचिङ अस्पतालका प्रशासक मानबहादु्र भट्टले भने, ‘अब महिना दिनभित्रै आइपुग्ला।’

यस विषयमा स्वास्थ्य मन्त्रालयकी सचिव पुष्पा चौधरीले कलेजो प्रत्यारोपणको लागि प्रस्तावित विधेयक संसदमा पठाइसकेको र छलफल भएपछि निर्णय आउने बताइन्। मन्त्रालयका प्रवक्ता जितेन्द्ररमण सिंहका अनुसार अंग प्रत्यारोपण समितिमा रहेका खालि सदस्य पूर्ति गर्ने प्रस्ताव तयारी गरिसकेको छ। यो पूर्ति भएपछि छिट्टै अनुमति प्रक्रिया अघि बढ्छ। ‘समितिमा खालि सदस्य प्रस्ताव तयारी भइसकेको छ, अब छिट्टै हुन्छ,’ प्रवक्ता सिंहले भने।

प्रकाशित: १९ असार २०७५ ०३:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App