१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

विवेकशील साझाका नौ कार्यकर्ता माइतीघरबाट पक्राउ (फाेटाे फिचर)

काठमाडौं – माइतीघर मण्डलालाई प्रदर्शन स्थल कायम गर्न माग गर्दै प्रदर्शन गरिरहेको विवेकशील साझा पार्टीका नौ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

विवेकशील साझाका केन्द्रीय सदस्य मिलन पाण्डेयका अनुसार प्रदर्शनको लागि माइतीघर मण्डला पुगेका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा पार्टीका संयोजक उज्ज्वल थापा, केन्द्रीय सदस्य शशीविक्रम कार्की, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी लगायत छन्। उनीहरुलाई गिरफ्तार गरि सिंहदरवारस्थित वैद्यखानामा राखिएको र मोवाइल समेत चलाउन नदिएको पाण्डेयले बताए।

जनताले आफ्ना कुरा स्वतन्त्र रुपमा राख्न पाउनु पर्नेमा सरकारले अंकुश लगाएकाले माइतीघरलाई पुनः प्रदर्शन स्थल कायम गरिनु पर्ने आफुहरुको माग रहेको पाण्डेयले बताए। उनले  भने, 'चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर प्रतिस्थापन विधेयक ल्याउन खोजिएको भन्दै डा. केसीले आजबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट थाल्ने अनशनलाई पनि समर्थन गर्ने तयारी गरेको थियो।'

गिरफ्तार गरिएका कार्यकर्ताको तत्काल  रिहाई गर्न पनि विवेकशील साझाले माग गरेकोे छ।

तस्बिर साैजन्य : मिलन पाणडेय

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App