सिंहदरबारमा झल्किएन नेकपाको एकता

बुधबार, १३ असार २०७५, ०६ : ४७ प्रकाश तिमल्सिना  | @prakashujyalo

काठमाडौं - तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भए पनि सिंहदरबारभित्र भने त्यस्को झल्को अझै देखिन सकेको छैन। पार्टी एकीकरण भएपछि सिंहदरबारभित्र ‘नेमप्लेट’ र ‘होर्डिङ बोर्ड’मा मात्रै परिवर्तन भए पनि व्यावहारमा दुवै पार्टीका नेताका कार्यालय पूर्ववत आ– आफ्mनै ठाउँमा रहेका छन्।

नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङले संसद् सचिवालयले एउटै भवन उपलब्ध गराउन नसक्दा पहिलेकै ठाउँमा रहेर काम गर्नुपरेको बताए। ‘संसदीय दललाई कुन भवन दिने हो ? सो निर्णय संसद् सचिवालयले गर्ने हो,’ गुरुङले नागरिकसँग भने, ‘सो निर्णय गरिदिन नसक्दा अलग अलग रहेको जस्तो देखिएको हो।’ उनका अनुसार अलगअलग जस्तो देखिए पनि नेकपाको काम कारबाही भने रोकिएका छैनन्।

जहाँ तत्कालीन एमालेको कार्यालय रहेको थियो, त्यहाँ पूर्व माओवादी नेता पुग्दैनन् भने तत्कालीन माओवादीको कार्यालय रहेको स्थानमा पूर्व एमाले नेता पनि पुगेको देखिँदैन। सिंहदरबार हाताभित्र अझै पनि पूर्व एमाले र पूर्व माओवादीका नेताको छुट्टाछुट्टै कार्यालय र सम्पर्क स्थान यथावत नै रहेको जस्तो देखिएको छ।

नेकपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको तत्कालीन एमालेले प्रयोग गर्दै आएको पुरानै भवनमा नै कार्यालय छ भने उपनेता सुवासचन्द्र नेम्बाङ पनि पुरानै स्थानमा कार्यालयमा नै बस्दै आएका छन्। त्यस्तै, प्रमुख सचेतक देवप्रसाद गुरुङ संसदीय सचिवालय भवन नम्बर १ मा बस्दै आएका छन्। जहाँ यसअघि माओवादी संसदीय दलको कार्यालय रहेको थियो । तर, सचेतक शान्ता चौधरीको कार्यालय भने पुरानै एमालेको भवनमा रहेको छ, जुन रेडियो नेपालको सामुन्ने रहेको छ।

तर, एमाले÷माओवादीको संसदीय दलको कार्यालय, नेता, उपनेता, प्रमुख सचेतक र सचेतक भन्दै आएकोमा एकीकरणपछि ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतक’ जस्ता शब्दावली भने परिवर्तन गरिएको छ।

तर, एकै स्थानमा कार्यालय नहँुदा पूर्व एमाले नेताहरू एमाले संसदीय दलको कार्यालयमा र पूर्व माओवादी नेताहरू पुरानै माओवादीको कार्यालयतिर आउजाउ र भेटघाट गर्दै आएको दृश्य देखिन्छ।

पार्टी एकीकरणपछि पनि संसदीय दल र सो दलका पदाधिकारीको कार्यालयसमेत एकै ठाउँमा नहुदाँ भावनात्मक एकता अझै हुन नसकेको कार्यकर्ता बताउँछन्। ‘पार्टी एकीकरण भएपछि कार्यालय र पदाधिकारी कक्ष एकै ठाउँमा भएमा कामकारबाही गर्न मात्रै होइन, भावानात्मक एकता भएको पनि झल्को जान्थ्यो तर त्यो देखिएन,’ रौतहटका पूर्व एमाले सचिव तुल्सीराज गिरीले भने, ‘कार्यालय अलगअलग भवनमा भन्दा एउटै भवन र एउटै आँगनमा भएको भए त्यसले भावनात्मक रूपमा एक बनाउन सहज हुने थियो। उनका अनुसार पार्टी एकीकरण प्रक्रिया जारी नै रहेकाले त्यसमा प्राविधिक विषयभन्दा भावनात्मक विषयले बढी अर्थ राख्ने हुँदा सो मनोविज्ञानलाई नेतृत्वले बुझनुपर्ने देखिन्छ।

नेकपा संसदीय दलका उपनेता नेम्बाङले एकै ठाउँमा कार्यालय राख्नेबारे अझै कुराकानी भइनसकेको वताए। ‘काम चलिरहेको छ, त्यसैले माग पनि गरिएको छैन, आवाश्यकता परेमा गरौंला।’ उनका अनुसार पार्टी एकताको जानकारी गराएपछि नाम र जिम्मेवारी भने हेरफेर गरेर एकीकरणको सन्देश भने दिइसकिएको छ।

एमाले र माओवादीविच गत जेठ ३ गते औपचारिक रूपमा पार्टी एकता भएको थियो, सो पार्टी एकता गर्ने २०७४ असोज १७ गते निर्णय गरेर प्रदेश र संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को निर्वाचनमा होम्मिएको थिए। पार्टी एकताको प्रक्रियासहित निर्वाचनमा गएका दुवै पार्टीले झन्डै दुईतिहाइ मत प्राप्त गरेर आठ महिनापछि पार्टी एकीकरण गरेलगत्तै तत्कालीन एमाले कार्यालयलाई पार्टीको केन्द्रीय सचिवालय र पेरिसडाडास्थित माओवादीको केन्द्रीय कार्यालयलाई केन्द्रीय विभागका कार्यालय बनाउने अनौपचारिक सहमति गरिसकेका छन्।

तर, सिंहदरबार हाताभित्र अन्य पार्टीको एउटै भवन र आँगन भए पनि नेकपाको भने दुईवटा भवनमा र दुईवटा आगनमा रहेका छन्, जसले दुवै पार्टीबीच एकीकरण भएको झल्को भने सिंहदरबारमा नपाइने गरेको कार्यकर्ता बताउँछन्।

प्रधानमन्त्रीकाे सांसद र कार्यकर्तासँग नियमित भेटघाट

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट प्रतिनिधिसभा, राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसद र कार्यकर्तासँग नियमित भेटघाट गर्ने भएका छन्।

प्रधानमन्त्री ओलीको निजी सचिवालयले आफ्ना पार्टीका सांसद र कार्यकर्तासँग भेटगर्ने कार्यतालिका मंगलबार सार्वजनिक गरेको हो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार नियमित भेटघाटका अतिरिक्त हरेक शुक्रवार दिउँसो ३ बजेदेखि ५ बजेसम्म प्रदेशगत रुपमा प्रतिनिधिसभा र राष्ट्रियसभामा नेकपाबाट प्रतिनिधित्व गर्ने सांसदलाई भेटनेछन्। त्यसैगरि प्रधानमन्त्री ओलीले हरेक महिनाको १ र १५ गते नेकपाका कार्यकर्तालाई भेटघाट गर्नेछन्। कार्यकर्ताको भेटघाटको लागि महिनाको पहिलो दिन १ गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म नेकपाको धुम्बाराहीस्थित कार्यालयमा र १५ गते पेरिसडाँडास्थित पार्टी कार्यालयमा समय छुट्याइने भएको छ।








यसमा तपाईको मत

अन्य समाचार

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

काम नपाएपछि टर्कीबाट फर्केका व्यक्तिले ९७ लाख ९० हजार नौ सय ५७ रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन् । ...

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

नेपालको समकालीन नेपाली कलालाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यसहित सन् २०१० मा स्थापना भएको इ–आर्टस् नेपालले स्थानीय कलाकार र कलामार्फत...

स्टक क्लियरेन्स मेलामा घुइँचो

स्टक क्लियरेन्स मेलामा घुइँचो

राजधानीको भृकुटीण्डपमा जारी स्टक क्लियरेन्स मेला शनिबार ३१ हजारले अवलोकन गरेका छन् । ...

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

नेपाल धागो उत्पादक संघले नेपालमा दोस्रोपटक स्वदेशी लगाऔं, स्वदेशी बनौं नाराका साथ टेक्सटाइल एक्स्पो २०१९ राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको छ...

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका दिन प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) द्वारा...

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकले संविधान दिवसको अवसरमा वृक्षरोपण गरेको जनाएको छ । ...

कामना सेवाको सरसफाइ अभियान

कामना सेवाको सरसफाइ अभियान

कामना सेवा विकास बैंकले संविधान दिवसको अवसरमा बैंकका देशभर रहेका शाखा कार्यालयमार्पmत सरसफाइ अभियान चलाएको जनाएको छ । ...

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

Ncell Footer Ad