१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संसदमा सम्बोधन गर्दै प्रधानमन्त्रीले चीन भ्रमणको उपलब्धिबारे जानकारी गराउने

फाइल फाेटाे

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे आज संसदलाई जानकारी गराउने भएका छन्।

छिमेकी मुलुक चीनको छ दिने भ्रमण सकेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले भ्रमणका उपलब्धिबारे बिहान ११ बजेपछि बस्ने  प्रतिनिधिसभाको बैठकलाई  जानकारी गराउन लागेका हुन्।

ओलीले सोमबार नै संसदमा सम्बोधन गर्ने भनिएपनि कार्यव्यस्तताको कारण देखाउँदै मंगलबारलाई सम्बोधन सारिएको थियो।

चीन भ्रमणमा महत्वपूर्ण उपलब्धि हासिल भएको प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलनबाट जानकारी दिइसकेका छन्।

प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा नेपाल र चीनबीच  १४ वटा महत्वपूर्ण सम्झौता, समझदारीपत्र (एमओयु) र लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको छ।

प्रकाशित: १२ असार २०७५ ०२:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App