१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

वतावरण सफा राख्न वनमन्त्रीको सपथ

काठमाडौं- वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले काठमाडौं र भक्तपुरका स्थानीयलाई आफ्नो घर, कार्यालय र वरपरका नदिनाला सफा राख्ने सपथ खुवाएका छन्।

काठमाडौं र भत्तपुरबीचको मनोहरा नदि सरसफाइमा ऐक्यवद्धता जनाउन शनिबार जडिबुटी स्थित मनोहरा फलफुल तथा तरकारी बजार पुगेका मन्त्री बस्नेतले सरसफाइ अभियानमा सहभागिसँगै आफूले पनि वातावरण सफा राख्ने सपथ खाए।

बन र वतावरणको संरक्षण हुन नसके भविष्यमा अक्सिजनको सिलिन्डर बोकेर हिँड्नुपर्ने अवस्था आउनसक्ने भन्दै बस्नेतले त्यस्तो अवस्था आउन नदिन वातावरण संरक्षण र सरसफाइमा जनस्तरबाट पनि सहयोगको आग्रह गरे। 

‘आजभन्दा तीन चार दशक अघिसम्म बोतलमा पानी किन्ने भन्ने अनुमान गरिएको थिएन, बाग्मतीकै पानी पिउन लायक थियो। हामी सबै मिलेर वरपरको वातावरण सफा राख्न सकेनौँ भने अबको ३०–४० बर्षपछि पानीको बोतल जसरी अक्सिजनको बोतल बोकेर हिँड्नुपर्ने अवस्था नआउला भन्न सकिन्न’ मन्त्री बस्नेतले भने।

केही दिनभित्रै मनोहरा नदि किनारमा बृक्षारोपण सुरु गरिने जानकारि दिँदै बस्नेतले नदि करिडोरलाइ स्वच्छ र हराभरा राख्न अन्य मन्त्रालयहरुसँग पनि समन्वय गरिने बताए।  मनोहरा सरसफाइ तथा सम्पदा बचाउ नागरिक अभियानको पहलमा सुरु भएको नदि संरक्षण तथा सरसफाइ अभियान ६५ औं हप्तामा जारि छ । सरसफाइ अभियानमा स्थानीयबासी, मनोहरा तरकारी बजार ब्यवस्थापन समिति, तरकारी ब्यवसायीहरु, स्थानीय बिभिन्न विद्यालयका शिक्षक विद्यार्थीहको सहभागि थिए । सरसफाइमा ऐक्यवद्धता जनाउन पुगेका मन्त्री बस्नेतलाइ स्थानीयले मनोहरा करिडोरमा सरकारी स्तरबाट बृक्षारोपण गर्न माग गर्दै करिडोरको सडक ब्यवस्थित गर्न समेत सुझाव दिएका थिए।

प्रकाशित: ९ असार २०७५ १३:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App