अफगानिस्तानमा इन्धन ट्याङ्कर दुर्घटना हुँदा पैँतीसको मृत्यु

आइतबार, १९ भदौ २०७३, १६ : १९ नागरिक

कान्दाहार –अफगानिस्तानको दक्षिणी भागमा पर्ने जाबुल प्रान्तमा आइतबार बिहान एक यात्रुवाहक बस तथा एक इन्धन ट्याङ्कर आपसमा ठक्कर खाँदा कम्तीमा ३५ व्यक्तिको मृत्युभएको अधिकारीहरूले बताएका छन् ।

जाबुलका प्रशासक बिस्मिल्लाह अफगानमलले कान्दाहारबाट काबुलतर्फ गइरहेको अवस्थामा यात्रुवाहक बस इन्धन ट्याङ्करसँग ठक्कर खाएको  बताए  । उनले  दुर्घटनामा ३५ व्यक्तिको मृत्युभएको तथा अन्य २० घाइते भएको जानकारी दिए  । दुर्घटनाका कारण आगो लागेको र महिला तथा बालबालिकासहित धेरै व्यक्तिको शरीर नचिनिने गरी जलेको उनले उल्लेख गरे ।

जाबुलका प्रहरी उपप्रंमुख गुलाम जिलानी फराहीले केही घाइतेलाई प्रान्तीय केन्द्र कलात तथा छिमेकी कान्दाहार प्रान्तका अस्पताल लगिएको बताए । काबुलदेखि कान्दाहारसम्मको राजमार्गका केही भाग लडाकूको बाहुल्य रहेको क्षेत्रमा पनि पर्छन् । यसैले विद्रोहीका क्रियाकलापबाट जोगिन बस चालक असावधान भएरै उच्च गतिमा गाडी चलाउने गर्छन् ।

अफगानिस्तानमा विश्वकै सबैभन्दा डरलाग्दो भनी चिनिएका सडकखण्ड पनि छन् । ती सडकखण्डको अवस्था निकै खराब हुने गर्छ र यहाँ यातायातका नियम पनि पालना गरिन्न । यस मुलुकमा सञ्चालनमा आएका धेरै यात्रुवाहक गाडी थोत्रा छन् र यातायात दुर्घटनामा उच्च क्षति हुनु यहाँ सामान्य मानिन्छ ।

मे महिनामा गजनी प्रान्तमा दुई यात्रुवाहक बस तथा एक इन्धन ट्याङ्कर दुर्घटना हुँदा कम्तीमा ७३ व्यक्तिको मृत्यु भएको थियो । युद्धग्रस्त मुलुकमा यो सबैभन्दा नराम्रो दुर्घटनामध्ये एक थियो । सन् २०१३ को अप्रिलमा दक्षिणी भागमा पर्ने कान्दाहार प्रान्तमा एक बसले पुरानो इन्धन ट्याङ्करलाई ठक्कर दिँदा ४५ व्यक्तिको मृत्यु भएको थियो ।

गत नोभेम्बरमा विश्व बैङ्कले अफगानिस्तानको हिन्दु कुश हिमाली भाग भएर जाने मार्ग सुधार गर्न २५ करोड अमेरिकी डलर बराबर रकम अनुदान दिने सम्झौतामा हस्ताक्षर गरेको थियो । यो महत्वपूर्ण व्यापार मार्ग पनि हिउँदको समयमा बन्द रहने गर्छ । रासस/एएफपी

 








यसमा तपाईको मत

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad