१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

तारा एयरको विमान दुर्घटना

तस्बिर : डिबी बुढा

काठमाडाैं– नेपालगञ्जबाट जुम्लाका लागि उडेको तारा एयरको विमान दुर्घटनामा परेको छ। 

नेपालगञ्ज विमानस्थलबाट शनिबार दिउँसो २ बजेर १५ मिनेटमा उडेको कल साइन ९-एईभी जहाज जुम्ला विमानस्थलमा २ बजेर ५० मिनेटमा अवतरण गर्ने क्रममा टायर पञ्चर भएर दुर्घटना भएको हाम्रा जिल्ला संवाददाता डिबी बुढाले जानकारी दिएका छन्। 

चालक दल (पाइलट, कोपाइलट र एयर होस्टेज)सहित १९ जना सवार जहाज अवतरणका क्रममा टायर पञ्चर भएपछि धावनमार्गमा चिप्लिएर तार जालीमा अड्किएको थियो। घटनामा मानवीय क्षति भने भएकाे छैन्। बुढाका अनुसार सम्पूर्ण यात्रु सकुशल छन्। सुरक्षाकर्मी र स्थानीयले यात्रुकाे उद्दार गरेका छन्। 

जहाजलाई क्याप्टेन जेके निरौलाले उडाएका थिए भने हिक्मत रोकाया कोपाइलट थिए।

प्रकाशित: २६ जेष्ठ २०७५ ०९:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App