१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अन्तर्राष्ट्रिय फोटो प्रतियोगितामा रौनियारले जिते तेस्रो पुरस्कार

बेल्जियम- यूरोपेली कमिसनस्थित अन्तर्राष्ट्रिय साझेदारी र बिकाससम्बन्धी निर्देशनालयले आयोजना गरेको एक अन्तर्राष्ट्रिय फोटो प्रतियोगितमा नेपालका ईश्वर रौनियारले तेस्रो पुरस्कार जितेका छन्।

नेपालस्थित डयान्चर्च एड नामक अन्तर्राष्ट्रिय गैरसरकारी कार्यालयमा कार्यरत उनले बेल्जियमको ब्रुस्सेल्समा यही बुधबार आयोजित समारोहमा उक्त पुरस्कार पाएका हुन्। "दिर्घकालिन उर्जामा माहिला सशक्तिकरण" बिषयक उक्त प्रतियोगितमा पेरु र फ्रान्सका सहभागिले क्रमशः प्रथम र दोस्रो पुरस्कार प्राप्त गरेका छन्।

रौनियारको तस्बिरमा नेपालको ग्रामीण भेगका महिलाले सुधारिएको चुल्होमा खाना पकाउनाले उनीहरुको समय बचत र स्वास्थ्यमा आएको साकारात्मक परिवर्तन देखाइएको छ। "त्यस प्रकारका चुल्होले दाउराको खपत कम गर्नुका साथै एकै समयमा तिनथरी खाना बनाउन मद्दत गर्छ। साथै हिमाली र पहाडी भेगमा न्यानो दिने काम पनि गर्छ। धूँवाको को निकाश पाइपबाट हुने भएकोले यसले स्वास्थ्यमा नराम्रो असर गर्दैन र यसबाट निस्केको खरानीले करेसबारीको मलको काम पनि गर्दछ, "रौनियारले भने।

ब्रुस्सेल्सको कार्यक्रममा पुरस्कार प्राप्त गरेपछि रौनियारले भने, "यस पुरस्कारले यूरोपली देशहरुले नेपाल जस्ता बिकासशिल देशका बिकासका मुद्दामा चासो रहेको देखाउँछ।"

उक्त प्रतियोगितमा ७० भन्दा बढ़ी देशका ९९ फोटोहरु प्रतिस्पर्धाका लागि छानिएका थिए। जसमध्ये दर्शक अनलाइन भोटद्वारा ३० उत्कृष्ट फोटोहरु छानिएका थिए। उत्कृष्ट तीन फोटोहरु भने यूरोपेली कमिसनस्थित अन्तर्राष्ट्रिय साझेदारी र बिकाससम्बन्धी निर्देशनालयका प्रतिनिधि तथा बाहिरी फोटोग्राफरद्वारा छानिएका थिए।

प्रकाशित: २४ जेष्ठ २०७५ १४:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App