१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

हरिवंशको बाबा रामदेब अवतार

काठमाडौं- कुशे औंशी बुबाको मुख हेर्ने दिन। बिहीबार परम्परा अनुसार आफ्ना सन्तानले मुख हेरेर मनाए। धेरैले आफ्ना बुबाको, बुबालाई आदर गरेको दर्साउने तस्विर सामाजिक संजालमा फोस्ट गरेको बगेल्ती देख्न सकिन्थ्यो। सोही दिन एक विहानै सामाजिक संजालमा एउटा तस्विर पोस्ट भयो।

बसिरहेका एक सुन्दर युवालाई जोगीको भेषमा छेउमै रहेका पाका व्यक्तिले खुट्टा उचालेर निधारमा टसाएका थिए। धेरैले कुनै बह्माण वा जोगीले ढोग्न लगाएछ भन्ने सोचे भने बाबा रामदेबलाई चिन्नेले रामदेबले कस्तो हैकत देखाएछन् भनेर लख काटे।

कतिपयले भने कुनै बुबाले छोरालाई खुट्टा ढोगाएको होला भनेरै लख काटे। र, शेयर समेत गरे। बास्तवमा ती बुबा र छोरा नै थिए। देख्दा रामदेव जस्ता देखिने व्यक्ति हुन् हरिवंश आर्चाय र उनका छोरा मोहित आर्चाय। उनै मोहितले उक्त फोटो विहिबार विहान सामाजिक संजालमा हालेपछि भाईरल बनेको हो।

फोटो केही वर्ष पहिले एउटा विज्ञापन सुटिङको क्रममा खिचेको हरिवंश आर्चायले बताए। उनका अनुसार फोटो पुरानै हो। आज सामाजिक संजालमा भाईर बनेपनि कमैले मात्रै उक्त फोटो चिनेका छन्।

प्रकाशित: १७ भाद्र २०७३ ०३:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App