१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

गणतन्त्र नेपाली जनताको विजयको प्रतिक हो : प्रधानमन्त्री ओली

तस्बिर : विजय गजमेर

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र नेपाली जनताको विजयको प्रतिक भएको बताएका छन्। सैनिक मञ्च टुडिखेलमा आयोजित ११औं गणतन्त्र दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्र सम्पूर्ण नेपालीको विजय उत्सव भएको बताएका हुन्।

आजको दिन जनताको अभिमतका आधारमा शासन व्यवस्था सञ्चालन हुने दिन भएको भन्दै ओलीले देशवासीका नाममा गणतन्त्र दिवसको शुभकामना व्यक्त गरे। उनले गणतन्त्रको विषेशता भनेको समाजको विकाससँग गतिसिल हुनुरहेको बताए।

तीनै तहको निर्वाचन सम्पन्न भइसकेकाले अबको सरकारको अभियान भनेको विकास, समृद्धि, सुशासन एवं स्थितरता रहेको ओलीको भनाई छ। ‘गरिबी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै जानसक्ने विषय होइन,’ ओलीले भने, ‘पुराना असान्दर्भिक सोचलाई परास्त गर्दै नविन सोचका साथ राष्ट्र निर्माणको महान अभियानमा सहभागी हुन सबैसँग आग्रह गर्दछु।’ उनले जनता सार्वभौमसम्पन्न हुन भन्ने कुराको प्रत्याभूति संविधानबाट गराइसकेकाे बताए।

गणतन्त्रा कसैले दिएको उपहार नभई आफैँले लडेर प्राप्त गरेको विषय भएको प्रधानमन्त्री ओलीले बताए। ‘अब सरकार रोजगारीमा जोड दिनेछ,’ ओलीले भने, ‘जनतको कष्ट हटाउने विकास कार्ययोजना हाम्रा छनोट हुन्। वृद्ध, अपाङ्ग असक्त, गर्भवति, विपन्न सरकारको प्राथमिकतामा रहेका उनले बताए।

‘गणतन्त्र राजनीतिक विषय मात्र नभइ समग्र सामाजिक रुपान्तरणको विषय हो’ प्रधानमन्त्री ओलीले भने, ‘यो सबैको सुखको व्यवस्था हो। यस्तो अवस्थामा जनताका लागि मलिन हुने विवस्थाको अन्तत्य गरिने छ।’

प्रकाशित: १५ जेष्ठ २०७५ ०४:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App