साउदी जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली

शनिबार, १२ जेठ २०७५, १२ : ३५ नागरिक

रोल्पा – साउदी जेलमा रहेका रोल्पा नगरपालिका– १० का दिलबहादुर घर्तीको जीवन रक्षाका लागि रोल्पाका विभिन्न संघसंस्थाले सहयोग संकलन अभियानलाई तीव्र बनाएका छन्। उनी दुई वर्षदेखि साउदीमा जेल जीवन बिताइरहेका छन्।

कम्पनीको कामको सिलसिलामा वि.सं. २०७३ जेठ ३१ गते आफैँले चलाएको ट्रकले किचेर साउदी नागरिक ओतिन बिल दिगफाको मृत्यु भएपछि घर्तीलाई साउदी प्रहरीले नियन्त्रणमा लिएको थियो।

घटनापछि साउदीस्थित एक स्थानीय अदालतले मृतकका परिवारलाई क्षतिपूर्तिस्वरुप दुई लाख २५ हजार साउदी रियल बुझाउनुपर्ने फैसला गरेको थियो। स्थानीय अदालतको फैसलामाथि पुनरावेदन गरी पाउँ भनी साउदीस्थित नेपाली राजदूतावासले अपिल गरेको थियो। तर स्थानीय अदालतको फैसला नै सदर भएपछि घर्तीले नेपाली रुपैयाँ ६५ लाख बुझाउन नसके रिहा हुन नसक्ने व्यवस्था छ।

काठमाडौंस्थित डेस्टिनी ओभरसिज प्रालिले स्काभेटर चालकका रुपमा दिलबहादुरलाई साउदी पठाएको थियो। साउदीस्थित माजित अल दियावही कन्ट्रक्सन प्रालिले उनलाई एक्साभेटर चलाउन नदिएर ट्रक चलाउन लगाएको थियो।

चालक अनुमतिपत्र र वर्क परमिटसमेत नभएका उनलाई कम्पनीले जबर्जस्ती ट्रक चलाउन लगाएको थियो।

घरको आर्थिक अवस्था कमजोर रहेका दिलबहादुरको सम्पत्तिबाट उक्त रकम बुझाउन सकिने सम्भावना नभएपछि श्रीमती मनिताले जीवन रक्षाका लागि सबैसँग अपिल गरेकाले यतिबेला दिलबहादुर बचाऊ अभियानअन्तर्गत देश विदेशमा रहेका रोल्पालीले सहयोग संकलनलाई तीव्र बनाएका छन्।

दिलबहादुर बचाऊ अभियानअन्तर्गत रोल्पा उद्योग वाणिज्य संघले जिल्लाका उद्योगी व्यापारीसँग एक लाख ४८ हजार संकलन गरेको अध्यक्ष विश्वकुमार चन्दले जानकारी दिए।

यसैगरी रोल्पा नगरपालिकालेसमेत दिलबहादुर बचाऊ अभियानका लागि एक लाख सहयोग गरेको बताइएको छ। काठमाडौंस्थित रोल्पालीलेसमेत सहयोग संकलनलाई तीव्र बनाएका छन्। उपराष्ट्रपतिका छोरा दिपेश पुनको अगुवाइमा सहयोग संकलन अभियानलाई तीव्र पारिएको बताइएको छ। रासस








यसमा तपाईको मत

अन्य समाचार

रोजगारदाता र ट्रेड युनियन आर्थिक विकासका सहयात्री बन्नुपर्छ: उपाध्यक्ष ढकाल

रोजगारदाता र ट्रेड युनियन आर्थिक विकासका सहयात्री बन्नुपर्छ: उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले हाल मुलुकको औद्योगिक सम्बन्ध सहज अवस्थामा रहेको र श्रम विवादको संख्यामा कमी भइरहेको...

नेपाल टेलिकमको गिफ्ट प्याकेज

नेपाल टेलिकमको गिफ्ट प्याकेज

नेपाल टेलिकमले ग्राहकको रुचिलाई ध्यानमा राखी भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप प्रदान गर्न सकिने सुविधा ल्याएको छ ।

माछापुच्छ्रेको ऋणपत्र स्टकमा सूचीकृत

माछापुच्छ्रेको ऋणपत्र स्टकमा सूचीकृत

माछापुच्छ्रे बैंकले जारी गरेको ३० लाख थान ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । ...

मार्सको १६औं वार्षिकोत्सव

मार्सको १६औं वार्षिकोत्सव

विज्ञापन एजेन्सी मार्स प्रालिले १६औं वार्षिकोत्सव मनाएको छ । ...

ग्रान्डी सोसियल फाउन्डेसनको सभा

ग्रान्डी सोसियल फाउन्डेसनको सभा

ग्रान्डी सोसियल फाउन्डेसनको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

इन्फिनिटी लघुवित्तको मिसकल बैंकिङ

इन्फिनिटी लघुवित्तको मिसकल बैंकिङ

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले मिसकल बैंकिङ सेवा प्रदान गर्ने भएको छ । ...

थाई सेवा नेपालमा सफलताको दशक

थाई सेवा नेपालमा सफलताको दशक

सन् १९६८, ४ डिसेम्बर, थाई एयरवेजले नेपालको लागि पहिलो उडान सुरु गरेको दिन हो र यो नै पहिलो जेट एयरलाइन...

सिटिजन लाइफ इन्स्योरेन्स जरंखुमा

सिटिजन लाइफ इन्स्योरेन्स जरंखुमा

सिटिजन लाइफ इन्स्योरेन्सले शाखा विस्तार गरेको छ । ...

Ncell Footer Ad