१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

आत्मस्वरूप निरूपण– ९

आफैँ अदृश्य हो राहु तर ऊ यदि छोप्तछ ।
चन्द्रलाई त्यसै वेला दृष्टिगोचर बन्दछ ।।
त्यस्तै अदृश्य हो आत्मा जानिने अनुभूतिले ।
तर देखिन्छ त्यो आत्मा पाए मद्दत दृश्यले ।।

आत्माको जड संसर्ग अनात्मत्व बढाउँछ ।
आत्मासँग भएसँग जड आत्मत्व पाउँछ ।।
आगो र पानी जसरी ती परस्पर मिल्दछन् ।
जो जस्मा मिल्छ त्यस्को नै गुण बाहुल्य ल्याउँछन् ।।

असत्य चित्त आत्मामा मिल्दा त्यो सत्य बन्दछ ।
जस्तो समुद्रमा खस्दा आगोले रूप त्याग्दछ ।।

उखुबाट चिनी, तेल तिलबाट त्यसै गरी ।
काठबाट अग्नि, धातु ढुंगाबाट मिलेसरी ।।
गाईबाट घिउ मिल्छ, आत्मा मिल्छ प्रयत्नले ।
खाली लागी परेदेखि देहबाट विवेकले ।।

प्रकाशित: १२ जेष्ठ २०७५ ०१:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App