१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

तीन वर्षमा ९ जना बालबालिकाले ज्यान गुमाए

फाइल तस्बिर ।

 अर्घाखाँची–सन्धिखर्क–१० किमडाँडाका रामप्रसाद मरासिनीलाई चितुवाले बाबबालिकामाथि आक्रमण गरी ज्यान लिएको खबर सुन्दा खाटा बसेको घाउ चर्याउँन थाल्छ । उनको मनमा पीडा बल्झिन्छ अनि मन पोल्न थाल्छ। छोराको यादमा आशु खसाल्नु बाहेक उनीसँग अरु केही उपाय  हुँदैन्। 

यो हप्ता सन्धिखर्क नगरपालिकाको खाँचीकोटमा  दुई बालिकाको चितुवाले ज्यान लिएको छ। चितुवाको आक्रमणले मंगलबार खाँचीकोट–९ गच्छेमा  नारायण मुखियाकी ८ वर्षीया छोरी  अस्मिता मुखियाको ज्यान गयो।

 

०७१ वैशाखमा उनको दुई वर्षीय छोरा युवराज मरासिनीलाई चितुवाले ज्यान लिएको थियो। यो हप्ता सन्धिखर्क नगरपालिकाको खाँचीकोटमा  दुई बालिकाको चितुवाले ज्यान लिएको छ। चितुवाको आक्रमणले मंगलबार खाँचीकोट–९ गच्छेमा  नारायण मुखियाकी ८ वर्षीया छोरी  अस्मिता मुखियाको ज्यान गयो।

आइतबार खाँचीकोटमै चितुवाले सुर्यबहादुर विककी ५ वर्षीया छोरी ललिता विकको  ज्यान लिएको छ। मुखियाको घरको दलानमा बसेर पढ्दै गरेको अवस्थामा चितुवाले टिपेर लगेको थियो भने विकको आमासँगै बारीमा खेलेको अवस्थामा चितुवाले आक्रमण गरेको थियो।  

जिल्लामा तीन वर्षदेखिको चितुवा आतंक अझै रोकिएको छैन्। यो अवधिमा ९ बालकालिकाको चितुवाले ज्यान लिइसकेको छ। ६ जना बालकालिका घाइते भएका छन्। जिल्ला वन कार्यालयका प्रमुख बलिराम पण्डितले वन क्षेत्रमा चितुवाकालागि चाहिने आहरा नहुँदा चितुवा बालबालिलाई शिकार बनाएको हुन सक्ने बताए।

‘वन पनि बढिरहेको छ मानिसहरुले झाडी सफा नगर्दा पनि चितुवा बस्ती सम्म सहजै पुग्न थालेको छ’, उनले भने। उनले बर्खाको समयमा बारीमा मकैको बोट भएको बेलामा चितुवालाई लुक्न सहज हुने हुँदा घरबाटै बालबालिकालाई आक्रमण गर्ने गरेको बताए।

चितुवाको आक्रमण गर्ने क्रम नरोकिएपछि जिल्लाबासी त्रसित बनेका छन्। अभिभावक  दिउसैमा चितुवाले आक्रमण गर्न थालेपछि बालबालिका कसरी जोगाउने भन्ने चिन्तामा  छन्। चितुवाले विशेष गरेर सन्धिखर्क नगरपालिका क्षेत्र र नुवाकोटमा आतंक मच्चाएको छ। अहिलेसम्म यही क्षेत्रकै बालबालिका चितुवाको शिकार बनेका छन्। 

चितुवाको आतंक बढेसँगै जिल्लामा  ६ वटा चितुवा मृत फेला परेका छन्। आहारा नपाएर वा बृद्ध भएका  कारण चितुवाको मृत्यु भएको हुन सक्ने अनुमान जिल्ला वन कार्यालयले गरेको छ।    चितुवाको आक्रमण बढेपछि बालबालिका स्कूल जान समेत डराइरहेका छन्।

उनीहरुको अभिभावको सहारामा स्कुल जाने गरेको स्थानीय बताउँछन् । मानिसहरु डर त्रास बोकेर घास दाउरा गर्न बाध्य छन् । डरकै कारण  अधिकांशले वनमा गोरु बाख्रा चराउन लैजान पनि छाडेका छन्। स्थानीयले जिल्ला प्रशासनसँग चितुवा मार्ने अनुमति दिन माग गरेपछि प्रशासनले बुधबार चितुवा मार्ने अनुमति दिएको छ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले चितुवाले बालबालिको ज्यान दिने क्रम नरोकिएपछि चितुवा मार्न अनुमति प्रदान गरेको बताए । उनले स्थानीय प्रशासन ऐन २०२८ को दफा ९ (४)बमोजिम जनावरलाई मार्न लगाइएको बताए।  प्रशासनले चितुवा मार्ने अनुमति दिएपछि प्रहरी चितुवा मार्न जंगल क्षेत्रमा खटिएको छ।

स्थानीयले चितुवा मार्न प्रहरीलाई सहयोग पुर्याइरहेपनि चितुवा फेला पर्न सकेको छैन। बुधबार दिनै भरी प्रहरीले खाँचीबोटका विभिन्न जंगलमा चितुवाको सर्च गरेपनि फेला पार्न सकेको छैन।

प्रहरी निरीक्षक कुलप्रसाद चौधरीले जंगल क्षेत्रमा निकै मेहनेतका साथ चितुवा खोजेपनि फेला पार्न नसकिएको बताए। ०७१ साउनमा प्रहरीले सन्धिखर्कमा नरभक्षी भएको आशंकामा एउटा चितुवा मारेको थियो भने किमडाँडामा खोरमा पारेर एउटा चितुवा बल्झाएर मारिएको थियो । बिहीबार पनि खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।       

 

प्रकाशित: १६ भाद्र २०७३ ०८:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App