१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रुपन्देहीमा मजदुरमाथि गोली प्रहार

बुटवल– रुपन्देहीको मणिग्राममा घर निमार्ण गर्ने एक मजदुर माथि गोली प्रहार भएको छ। अज्ञात समूहको गोली प्रहारबाट मर्चवारका रामकेश धवल सक्त घाइते भएका छन्। उनको ढाडमा गोली लागेको छ। गम्भीर घाइते भएका धवललाई मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार हुन नसकेपछि भैरहवा मेडिकल कलेज लगिएको छ। 

तिलोत्तमा नगरपालिका ५ स्थित शान्ति नमुना मावि नजिकैको निर्माणाधिन घरमा साढे सात बजे पछिको समयमा गोली चलेको स्थानीयले बताएका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहकिा डिएसपी डिल्लीनारायण पाण्डेका अनुसार भारतीय नम्बर प्लेटका दुई वटा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले धवललाई गोली हानेका थिए। दिनभर मजदुरी गरेका धवल साथीसंग निर्माणाधिन घरको एउटा कुनामा रोटी पकाइरहेका थिए। 

प्रहरीले धवलको घर मर्चवार सीमा क्षेत्र नजिक रहेको र गोली प्रहार गर्ने व्यक्ति भारतीय भएकाले कुनै रिसिबीका कारण गोली हानेको हुनसक्ने आशंका गरेको छ। मणिग्राम तथा सीमा क्षेत्रमा अहिले प्रहरी परिचालन गरी अपराधीको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २ जेष्ठ २०७५ १६:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App