१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

माेदी मुक्तिनाथ प्रस्थान

काठाडमाैं- दुई दिने राजकीय भ्रमणमा नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ दर्शनका लागि मुस्ताङ प्रस्थान गरेका छन् । उनी हेलिकोप्टरबाटै मुक्तिनाथ प्रस्थान गरेका हुन् । 

प्रधानमन्त्री मोदीको स्वागतका लागि भने मुक्तिनाथमा बिहानैदेखि तयारी थालिएको छ । मुक्तिनाथ परिसरमा रहेको रानीपौवा बजारदेखि मन्दिरसम्म सुरक्षा जाँच कडा परिएको छ । 

राससका अनुसार मोदीको स्वागतका लागि स्थानीयहरु परम्परागत भेषभुषामा सजिएका छन् । 

मोदी मुक्तिनाथको दर्शनपछि काठमाडौं फर्किनेछन् । काठमडौं आएर पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम छ । त्यसपछि राजनीतिक भेटघाट गरी उनी आजै स्वदेश फर्किने कार्यक्रम छ । 

मोदी शुक्रबार नयाँ दिल्लीबाट सिधै जनकपुर अवतरण गरेका थिए । जानकी मन्दिरमा पूजा र १२ विघामा नागरिक अभिनन्दनमा सहभागी भएका मोदीले शुक्रबार अरुण तेस्रोको शिलान्याश प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेका थिए । उनले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र पूर्वप्रधानमन्त्रीहरूसँग भेटवार्ता गरेका थिए । 

 

प्रकाशित: २९ वैशाख २०७५ ०१:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App