आँधीखोला घटनाको छानबिन गर्न नेफेजको माग

मङ्गलबार, २५ बैशाख २०७५, २२ : १२ नागरिक

काठमाडाैं- स्याङ्जाको गल्याङस्थित आँधीखोला नदीमा माछासहित जलचर प्राणी सखाप पार्न भूमिका निर्वाह गर्नेमाथि छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले सम्बन्धित पक्षसंग अपिल गरेको छ। 

वैशाख २१ गते रातिदेखि केही दिनसम्म पानी धमिलो एवं कालो हुनुका साथै माछा, कछुवालगायतका जलचर प्राणी मरेको र उक्त घटना भिरकोट नगरपालिका–६ मा सञ्चालनमा रहेको खिलुङ कालिका एग्रो फार्मले फालेको कुखुराको सुलीका कारण भएको समाचार नागरिक दैनिकमा प्रकाशित भएपछि नेफेजले मंगलबार एक विज्ञप्ति जारी गरी सत्यतथ्य एवं निष्पक्ष छानबिनको माग गरेको हाे। 

वातावरण र पारिस्थितिकीय प्रणालीमा प्रत्यक्ष असर पार्ने एवं हजारौँ जलचर प्राणी सखाप पार्ने काम गर्ने जो कोहीलाई कानूनी दायरामा ल्याउन नेफेजले माग गरेको छ। 

आँधीखोलाको घटना एउटा उदाहरण मात्र हो भन्दै नेफेजका अध्यक्ष अर्जुन ढकालद्वारा जारी विज्ञप्तिमा भोटेकोशी, सुनकोशी, त्रिशूली, इन्द्रावती, कर्णालीजस्ता नदीको जथाभावी दोहनले पनि जलचरमा गम्भीर असर परिरहेकोप्रति पनि सरकारको ध्यान नजानु दुःखद् भएको भनिएको छ। 

नेपालमा छ हजार बढी खोला/नदीनाला एवं सानाठूला गरी पाँच हजार ३५८ वटा ताल छन्। ती नदी, खोला, तालतलैयामा माछा, भ्यागुता, पानीहाँस, बकुल्लासहित तमाम जलचर प्राणी आश्रित छन् । तर माछा मार्न नदी, खोलामा विषादी र विद्युतीय धरापको प्रयोग गर्ने गलत परिपाटी अझै विद्यमान छ। 

विषादीको बढ्दो प्रयोगकै कारण नेपालमा पाइने ११ मध्ये चार प्रजातीका भ्यागुता लोपोन्मूख अवस्थामा पुगिसकेका छन् भन्दै विज्ञप्तिमा डल्फिनको आहारा माछा मार्न विषादी प्रयोग गरिँदा डल्फिन पनि लोपोन्मूख अवस्थामा पुगिसकेको जनाइएको छ। 

नदीमाथि भइरहेका यस्ता आपराधिक र वातावरण विनाश गर्ने कार्य नियन्त्रण गर्न विद्यमान कानून निकै फितलो देखिएको भन्दै समूहले कानूनमा तत्काल संशोधन गरी नदी र त्यसमा आश्रित जलचरको संरक्षणमा ठोस कदम चाल्न आग्रह गरेको छ। 







यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad