१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

शेयर बजारमा ४ अर्बभन्दा बढीको कारोबार

काठमाडौं – धितोपत्र बजारमा यस साता ४ अर्ब ६९ करोड ६१ लाख ७९ हजार बराबरको कारोबार भएको छ। नेपाल स्टक एक्स्चेञ्जका अनुसार यस साता कूल १८२ कम्पनीको १ करोड १ लाख ८५ हजार कित्ता शेयर खरिद बिक्री भएको हो।

कारोबार रकम गत साताको भन्दा १४ दशमलव ८६ प्रतिशत बढी हो। गत साता १८१ कम्पनीको ४ अर्ब ८ करोड ८७ लाख ५७ हजार बराबरका ८८ लाख ५९ हजार ४१० कित्ता शेयर खरिद बिक्री भएका थिए।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ८१ दशमलव २७ अंकले घटेर अन्तिम दिन १३५७ दशमलव २२ अंकमा पुगेको छ। ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १७ दशमलव शुन्य पाँच अंकले घटेर २८७ दशमलव शुन्य छ अंकमा आइपुगेको छ।

यस साता कारोबार रकमका आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको १९ करोड १५ लाख १० हजार बराबरको शेयर कारोबार भएको स्टकले जनाएको छ।

त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा पनि नेपाल बैंक लिमिटेड अग्रस्थानमा छ। सो बैंकको ५ लाख २४ हजार कित्ता शेयर कारोबार भएको छ। यस साता नेपाल स्टक एक्स्चेञ्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो।

यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन। यस साता विभिन्न १८ कम्पनीको शेयर स्टकमा सूचीकृत भएका छन्।   (रासस)

प्रकाशित: १५ वैशाख २०७५ १०:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App