१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सदाचार नीतिको विरोध

काठमाडौं– राष्ट्रिय ख्रीष्टियन महासंघले हालै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रस्ताव गरेको राष्ट्रिय सदाचार नीति–२०७४ प्रति विरोध जनाएको छ। 

मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर महासंघले मन्त्रिपरिषदले प्रस्ताव गरेको सदाचार नीतिको मौसदामा नागरिकले स्वतन्त्र रुपमा धर्म छान्न पाउने अधिकारलाई कुण्ठीत बनाएको भन्दै बिरोध जनाएको हो। 

महासंघका अध्यक्ष सिवि गहतराजले ख्रीष्टियनहरुको धार्मिक अधिकारमाथि सरकारले कडाई गरे आगामी दिनमा नेपालमा क्रिश्यिनहरुको संख्या दोब्बर हुने दाबी गरेका छन्। 

उनले भने, ‘पृथ्वीनारायण शाहले देश निकाला गरेको ख्रीष्टियनहरुको संख्या आज आएर ३० लाख पुगेको छ, यसरी नै सरकारले हामीमाथिको अन्याय कायम गर्ने हो भने हाम्रो संख्या बढ्छ, हामीलाई हेप्ने कुरा धेरै परको कुरा हो, कसैले चिमोट्यो भनेपनि हामी एकजुट हुन्छाैं।’

अध्यक्ष गहतराजले  सदाचार नीतिको ९.२.३ को उपदफा २ र १२ दफा नम्बर ९.२.५ को उपदफा ९ र दफा ९.२.४ को उपदफा ६,७, २४ र २५ ले प्रत्यक्ष रुपमा ख्रीष्टियनहरुको अधिकारलाई कुण्ठित गर्ने भन्दै त्यसलाई सरकारले तत्काल संशोधन गर्नुपर्ने माग गरे। 

प्रकाशित: १२ वैशाख २०७५ ११:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App