१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

डोटी जीप दुर्घटना : मृतकको संख्या ५ पुग्यो

डोटी – डोटीमा शनिबार दिउँसो भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। दुर्घटनामा परी तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो।

थप दुईजनाको उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा राति बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। उपचारका लागि लैजादै गर्दा बाटाेमा मृत्यु हुनेमा शिखर नगरपालिका–८ लाटामाडौंकी  ३५ वर्षीया झाकरी भुल र सोही नगरपालिका–३ की २८  वर्षीया धौलीदेवी भुल रहेका छन्।

यसअघि शिखर नगरपालिका–३ जोरागाउँकी ४० वर्षीया खिन्तुरी भुल, सोही ठाउँकी ३२ वर्षीया कटी सार्की र १४ वर्षीया बालक सुरज भुलको घटनास्थलमै मृत्यु भएको थियो।

घटनामा घाइते भएका १४ जनामध्ये एकजनाको नेपालगञ्ज र १३ जनाको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भैरहेको छ।

शनिबार दिउँसो दिपायलबाट शिखर नगरपालिका ३ जोरागाउ जान लागेको ग १ ख ५२७५ नम्बरको बोलेरो जीप दुर्घटना भएको थियो।

प्रकाशित: ९ वैशाख २०७५ ०४:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App