१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

अब संसद्मा राजनीति हुँदैन : महरा

काठमाडौं – संघीय प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संविधानसभामा जस्तो राजनीति अब संसद्मा नहुने उल्लेख गर्दै अब तीव्र गतिमा कानुन निर्माण हुने बताएका छन्।

संसद् सचिवालयमा बुधबार  सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख महराले अबको संसद् अधिवेशनमा संसद्का सम्पूर्ण संयन्त्र कानुन निर्माणमा सक्रिय हुने बताए।

पहिलो अधिवेशन भने बिजनेस नपाएर अन्त्य भए पनि दोस्रो अधिवेशनलाई त्यस्तो हुन नदिने दाबी महराले गरे। उनले भने, ‘पहिला संविधानसभामा जस्तो राजनीति अब संसद्मा हुँदैन। सरकारले बिजनेस दिनुपर्छ। सदनले पूर्ण क्षमतामा काम गर्छ।’

महराले अबको अधिवेशनअघि नै पर्याप्त विधेयक तयारी अवस्थामा राख्न प्रधानमन्त्रीसँग कुरा गरेको बताए। ‘मैले प्रधानमन्त्रीलाई भेटेर भनिसकेको छु। प्रशस्त विधेयकहरु आउनुपर्छ भनेर। अबको अधिवेशनअघि नै संसद् सचविालयमा विधेयकहरु दर्ता हुने छन्,’ महराले भने।

अबको अधिवेशनमा संसद् नियमावली निर्माण हुने, मन्त्रीसँग प्रश्नोत्तर हुने, सार्वजनिक महत्व, संकल्प र ध्यानाकर्षण प्रस्तावमाथि पर्याप्त छलफल हुने उनले बताए। शून्य र विशेष समयलाई पनि प्रभावकारी बनाइने उनले बताए। संसद्लाई सरकारले बिजनेस दिन नसकेमात्र समस्या आउने महराले बताए।

उनले पुतली बगैंचामा दुई वर्षभित्र संसद्को नयाँ भवन निर्माण गर्ने तयारी भएको पनि बताए। सभामुख भएपछि माओवादी केन्द्रको सदस्यताबा राजीनामा दिइसकेको उनले बताए। उनले भने, ‘यस पदमा रहुन्जेलसम्म म पार्टीको कार्यक्रममा उपस्थित हुँदिनँ।’ उनले  विश्वसनीय ढंगले संसदीय समाचार संकलन र सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह समेत गरे।

प्रकाशित: २९ चैत्र २०७४ ०२:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App