१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

पाँचपोखरी उपाधिनजिक

सिन्धुपाल्चोक – विशाल योन्जन गरेको एक मात्र गोल निर्णायक बन्दा पाँचपोखरी थाङपाल क्लब प्रथम चौतारा साँगाचोकगढी मेयर कप फुटबलको फाइनल प्रवेश गरेको छ।

चौताराको टुँडिखेलमा मंगलबार भएको पहिलो सेमिफाइलनमा घरेलु टोली चौतारा स्पोर्टिङ क्लबलाई १–० गोलले स्तब्ध पार्दै पाँचपोखरीले फाइनल सुनिश्चित गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७६औँ मिनेटमा विशालले गोल गरेका थिए।

उनको यो गोल विवादरहित भने बन्न सकेन । खेलको ७५औँ मिनेटमा पाँचपोखरीका खेलाडीले विपक्षी टोलीको डी एरियामा पुर्याएको बल चौताराका खेलाडी निकेश घलेको हातमा लागेपछि रेफ्रीले पेनाल्टी दिए । मनोज राईले प्रहार गरेको पेनाल्टी चौताराका गोलकिपरको हातमा लागेर फर्कियो । सोही बललाई नजिकै रहेका विशालले पोस्टको दिशा दिए।

सहायक रेफ्रीले दिएको अफसाइडको संकेतलाई बेवास्ता गर्दै खेलका मुख्य रेफ्रीले गोल दिए । यही कारण चौताराका खेलाडीले विवाद झिकेपछि झन्डै १५ मिनेट खेल नै अवरुद्ध भयो ।  अनावश्यक विवाद गर्दै रेफ्रीलाई गालीगलौज गरेपछि चौताराका निकेशले रातो कार्ड पाए।

रोकिएको खेल सुचारु हुँदा निर्धारित समय सकिइसकेको थियो । थपिएको पाँच मिनेट १० खेलाडीमा खेलेको चौताराले गोल फर्काउन सकेन ।    पाँचपोखरीका छिरिङदोर्जे लामा म्यान अफ दी म्याच भए । उनले ट्रफी र नगद ३ हजार पुरस्कार पाए।

विभागीय टोली एफिएफ र काभ्रे जिल्ला फुलबल संघबीच बुधबार हुने दोस्रो सेमिफाइलन खेलको विजेतासँग पाँचपोखरीले शुक्रबार उपाधिका लागि भिड्नेछ।

प्रकाशित: २८ चैत्र २०७४ ०३:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App