१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भारतमा बेचिएका पाँच नेपाली युवतीको कोठीबाट उद्धार

भारतको आग्रास्थित एक कोठीबाट हालै गरिएको उद्धार। तस्बिर सौजन्य : माईती नेपाल नेपालगन्ज

नेपालगन्ज-भारतको आग्रास्थित कास्मिरी बजारमा रहेको एक ‘कोठी’ मा यौन शोषणका लागि राखिएका ९ जना युवतीलाई भारतीय प्रहरीको सहयोगमा माईती नेपालले अघिल्लो बुधबार (अप्रिल ४) मा उद्धार गरेको छ। उद्धार गरिएका युवतीहरु ५ नेपाली र ४ जना भारतीय रहेका छन्। उनीहरु सबै १७ देखी २४ बर्ष उमेर सम्मका छन्।

  कोठीमा बेचिने (नाम परिर्वतित) युवतीहरुमा नुवाकोटकी १७ बर्षिया करिस्मा, सिन्धुपाल्चोककी १८ बर्षिया सिता, नुवाकोटकी १८ बर्षिया सरस्वती, धादिङकी २२ बर्षिया रिता र सिन्धुपाल्चोककै २४ बर्षिया हरिमाया हुन्। उद्धार गरिएका नेपाली युवतीहरु मानसिकरुपमा तनाबमा रहेका छन्।

  उनीहरु कसैलाई प्रेमी बनेर, कसैलाई काममा लगाईदिने र कसैलाई घुमाउने बहानामा फकाएर भारतको कोठीमा लगेर बिक्री गरेको पाइएको उद्धार कार्यमा संलग्न माईती नेपाल नेपालगन्जका प्रमुख केशव कोईरालाले जानकारी दिए। करिस्मा, सिता, सरस्वती र हरिमायालाई प्रेमको नाटक गरेर उनीहरुका प्रेमीले भारत पुर्‍याएर बेचेको बुझिएको छ।

उनीहरु चारैजनालाई २ वर्ष अगाडी प्रेम नाटक गरेर नक्कली प्रेमीले घुम्न जाउँ भनि त्यहाँ पुर्‍याएको थियो। यस्तै २२ बर्षिया रितालाई भने कामका लागि गाउँकै ‘दिदी’ नाता पर्ने एक महिलाले फकाएर भारत पुर्‍याएको खुलेको छ। कोईरालाले भने ‘उनीहरु सबै प्रलोभनमा परेर बेचिएका हुन्।’

 

प्रकाशित: २७ चैत्र २०७४ १२:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App