धार्मिक आवरणमा हिंसा गर्नेहरु कारवाहीको दायरामा आउने

मङ्गलबार, २७ चैत २०७४, १८ : ०३ नागरिक

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले पछिल्ला दिनमा धार्मिक आवरणमा अस्थिरता निम्ताउन खोज्नेहरु सक्रिय भएकाले तिनलाई सरकारले कारवाहीको दायरामा ल्याउने स्पष्ट पारेका छन्। 

गत आइतबार विराटनगरमा श्रीनिवास आचार्यमाथि भएको गोली प्रहारको घटनामा संलग्नलाई कारवाहीको माग गर्दै मंगलबार मन्त्रालयमा ४८ धार्मिक संघसंस्थाका तर्फबाट ज्ञापनपत्र बुझाउन आएको प्रतिनिधिमण्डलसँग गृहमन्त्री थापाले घटनामा संलग्न भएको आरोपमा दुई जना पक्राउ परिसकेको र अन्यबारे खोजविन जारी रहेको बताए। 

सो घटनाले आफूलाई दुःखित तुल्याएको छ भन्दै गृहमन्त्रीले घटनामा संलग्नको पहिचान गरी कारवाहीको दायरामा ल्याउन आफूले सुरक्षा निकायलाई निर्देशन दिइसकेको जानकारी दिए। उनले भने, ‘‘जातीयता र धर्मका नाममा सबैलाई जुधाएर देशलाई अस्थिरतातर्फ लैजान केही तत्व सक्रिय भएका छन्, उनीहरुलाई कारवाहीको दायरामा ल्याइनेछ।’’ 

प्रतिनिधिमण्डलको मागबमोजिम घाइते आचार्यको उपचारको खर्च सरकारले व्यहोर्न आवश्यक प्रक्रिया अगाडि बढाइने समेत उनले बताए। प्रतिनिधिमण्डलले घटनामा संलग्नलाई कारवाही गर्नुपर्ने, घटनाको छानवीन गर्न आयोग गठन गरिनुपर्ने, सनातन हिन्दूधर्म र धर्मावलाम्बीमाथिको आक्रमण रोकिनुपर्ने, घाइते आचार्यको उपार खर्च सरकारले व्यहोर्नुपर्ने लगायत माग राखेको थियो। 








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad