१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

लागूऔषधसहित दुई पक्राउ

इटहरी – सुनसरीमा अलग–अलग स्थानबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

बुधबार राति ९.३० बजे सुनसरी कोशी गाउँपालिका वडा नं. ७ मा प्रहरीले चेकजाँच गर्दा इटहरी वडा नं. ३ का ३१ वर्षीय दिपक राय लागूऔषधसहित पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, उनले चलाएको को २१ प ७१२१ नम्बरको मोटरसाइकल चेक गर्दा नाइट्रोसन ४० ट्याबलेट र स्पास्मोप्रोक्सिवन नौ थान फेला परेको हो।

 यस्तै, इटहरी वडा नं. ६ बाट बुधबार साँझ नै एक युवक पक्राउ परेका छन्। स्थानीय २१ वर्षीय सुजन खड्का पक्राउ परेका हुन् । उनको साथबाट प्रहरीले एभील, डाइजेल्याब र लुपिजेसिक दस–दस एम्पुल बरामद गरिएको प्रहरीले जनायो।  

प्रकाशित: २२ चैत्र २०७४ ११:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App