१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

अझै एक/दुई दिन पानी पर्ने

काठमाडौं– पश्चिमी वायुको प्रभावले बुधबार देशैभर मौसम बदली हुनाका साथै अधिकांश स्थानमा वर्षा भएको छ। पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको सम्मिश्रणका कारण बदली र वर्षा भएको मौसमविद् विभूति पोखरेलले जानकारी दिए।

उनका अनुसार मनसुनी गतिविधि अझै एक दुई दिन जारी रहनेछ। पूर्वमनसुनको समय भएकाले बदली हुने र मध्यम खालको वर्षा हुने उनको भनाइ छ। 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौँमा बुधबार ११.४ मिलिमिटर वर्षा भएको छ। देशभरमा सबैभन्दा बढी पोखरामा २५ मिलिलिटर तथा ताप्लेजुङमा चार मिलिलिटर वर्षा भएको छ।

काठमाडौंको बुधबारको अधिकतम तापक्रम २४ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १३ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

प्रकाशित: २१ चैत्र २०७४ १६:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App