१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

पशुपति 'मगन्ते' मुक्त क्षेत्र घोषणा

काठमाडौं- पशुपतिनाथ मन्दिर क्षेत्रलाई सहयोगापेक्षी (मगन्ते) मुक्त क्षेत्र घोषणा गरिएको छ। सोमबार पशुपति परिसरमा आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पशुपतिलाई मगन्ते मुक्त क्षेत्र घोषणा गरेका हुन्।

‘मगन्ते’ मुक्त क्षेत्र बनाउन सबैको सहयोग आवश्यक रहेन अधिकारीले बताए। ‘यो महत्वकांक्षी योजना हो सफल बनाउनको लागि सबैको सहयोग जरुरी छ’, अधिकारीले भने, ‘देशैभर यो योजनालाई लगिने छ।’ ‘मगन्ते’ मुक्त क्षेत्र घोषणा भएपछि त्यहाँ रहेकालाई स्थानान्तरण गरिएको छ।

पशुपति क्षेत्र विकास कोषले पशुपतिलाई मगन्ते निषेधित क्षेत्र बनाउने अभियान सुरु गरेको थियो। त्यहाँ रहेका मगन्तेहरुलाई आश्रममा राखिएको छ। उनीहरुलाई पुनर्स्थापना गर्ने र विस्तारै श्रमसँग जोड्ने योजना ल्याइने बताइएको छ।

प्रकाशित: २० चैत्र २०७४ १५:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App