१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

असिनाले करोडौँको नोक्सानी

म्याग्दी – बिहीबार साँझ बेनी र आसपासका क्षेत्रमा परेको असिनाले खेतीबालीमा करोडौँको क्षति पु-याएको छ। 

बेनी नगरपालिका र जलजला गाउँपालिकाको विभिन्न ठाउँमा लगाइएको हिउँदेबाली, तरकारी, फलफूल र आलु खेतीमा असिनाले क्षति पु-याएको हो।

भित्र्याउने बेला भएको गहुँ, जौ, आलु, तरकारीबालीमा असिनाले नष्ट गरेपछि कृषक जलजला–७ धाइरिङका अगुवा कृषक एकनारायण पौडेलले निराशा व्यक्त गरे। 

बीउ उत्पादनका लागि लगाइएको काँक्रो, घिरौँला, गोलभेँडाका बिरुवाका साथै ताजा तरकारी असिनाले चुटेर नष्ट गरेको छ । धाइरिङमा मात्र करीब रु दुई करोड मूल्य बराबरको क्षति भएको कृषक पौडेलले बताए। 

खबरा, बेनी, आनन्दबगर, मिलनचोक, मल्लाज, बाँसखर्क, लेकफाँट, शालीजा क्षेत्रमा बाक्लो असिना परेको थियो । हिउँदभरिको खडेरीका कारण खेतीबारी फस्टाउन नसकेको अवस्थामा असिना पानीले नष्ट गरेपछि कृषक निराश बनेका छन् । कृषकले क्षतिको मूल्याङ्कन गरी राहतको व्यवस्था र बाली बीमा कार्यक्रम कार्यान्वयनको माग गरेका छन् । (रासस)

प्रकाशित: १६ चैत्र २०७४ ०७:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App