१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

आकाशको ‘ड्रिम गर्ल’ असारमा

काठमाडौं – अभिनेता आकाश श्रेष्ठको दोस्रो फिल्म ‘तिमीसँग’ आउँदो हप्ता बल्ल प्रदर्शन हुँदैछ। तर दोस्रो फिल्म रिलिज नहुँदै व्यस्त बनेका आकाशले अभिनय गरेको फिल्म धमाधम रिलिज हुन थालेका छन्। आकाशको मुख्य भूमिका रहेको ‘ब्ल्याक’ले जेठ ११लाई रिलिज मिति तोकेर प्रचार प्रसारमा सक्रिय भइरहँदा आकाश नै मुख्य भूमिकामा रहेको ‘ड्रिम गर्ल’ले पनि रिलिज मिति सार्वजनिक गरेको छ।

ऋषिराज आचार्यको निर्देशन रहेको फिल्म ‘ड्रिम गर्ल’ असार २९ गतेदेखि देशब्यापी प्रदर्शनमा आउने भएको छ।  ऋषिराजले ‘ड्रिम गर्ल’ डिसिएनले वितरण गर्ने सम्झौता भएको बताउदै प्रदर्शन मिति तय भएको जानकारी गराएका हुन्।

आकाश श्रेष्ठ, आश्मा गिरी, बिल्सन बिक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, सुरवीर पण्डितलगायतका कलाकारले अभिनय गरेको फिल्ममा झण्डै दुई करोड बढी लगानी लागेको बताइन्छ।

काठमाडौ, मुस्ताङ, राराताल तथा थाइल्यान्डका बिभिन्न स्थानमा खिचिएको फिल्मको मुख्य निर्माता पनि निर्देशक ऋषिराज आफै हुन। सहनिर्मातामा अर्जुन शर्मा, दक्षिण भारतको रिल एन्ड रियल सिनेमाका अन्टा रोचा रोवन र रामेश्वर घिताल छन्।

आरबी मुभिजको ब्यानरमा बनेको फिल्ममा अर्जुन पोखरेलले संगीत छ। राहुल राईले खिचेको फिल्मको सम्पादन नविन निरौलाले गरेका हुन्। केही दिनपछि फिल्मको एउटा गीत सार्वजनिक गरिने निर्देशक ऋषिराजले जानकारी दिएका छन्।

प्रकाशित: १६ चैत्र २०७४ ०३:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App