१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

‘पुनर्निर्माणका लागि जबाफदेहिता अपरिहार्य’

सिन्धुपाल्चोक – भूकम्प प्रभावित क्षेत्रमा समुदायको अगुवाइमा पुनर्निर्माण कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाउन जबाफदेहिता र समावेशिता अपरिहार्य रहेको मेलम्चीमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन्।
 
सरकार, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, स्थानीय सरकार र समुदायमा कार्यरत संघसंस्थाले भूकम्प प्रभावित समुदायप्रति जबाफदेही तरिकाले काम नगरेसम्म पुनर्निर्माण अभियान सार्थक बन्न नसक्ने उनीहरूको जिकिर थियो।
 
‘तीन वर्षअघिको विनाशकारी भूकम्पले विपन्न तथा सीमान्तकृत समुदाय बढी मारमा परेका छन्। वास्तविक पीडितको समस्या पहिचान गरेरमात्र नयाँ आवास प्रक्रिया सहज रूपमा अगाडि बढ्न सक्छ,’ एक्सनएड नेपालका कार्यक्रम संयोजक अमिस श्रेष्ठले भने।
 
एक्सनएड नेपालका कार्यक्रम अधिकृत मिनेस गुरुङ तथा आत्मनिर्भर केन्द्र (सिएसआरसी) का सन्दीप श्रेष्ठले एक्सनएड नेपालले बेलायतको कोभेन्ट्री विश्वविद्यालय र हेल्पएज इन्टरनेसनलको सहकार्यमा पुनर्निर्माण कार्यक्रममा समावेशिता र जबाफदेहितासम्बन्धी गरेको अनुसन्धानको निचोड सहभागीलाई सुनाएका थिए। पुनर्निर्माण प्रक्रियामा विपन्न, महिला, सीमान्तकृत वर्ग, ज्येष्ठ नागरिक आदिलाई समेटेर समावेशिताको सिद्घान्त अपनाउन आवश्यक रहेको अध्ययनको निचोड छ।   

मेलम्ची नगरपालिकाका उपमेयर भगवती नेपालले विभिन्न संस्थाको पहल तथा समुदायको सहभागितामा नयाँ घर बनाउने कार्यक्रम राम्रो ढंगल अगाडि बढेको र त्यसलाई प्रभावकारी बनाउन नगरपालिका सहकार्यका लागि तयार रहेको बताइन्। कार्यक्रममा पुनर्निर्माणमा समुदायको अगुवाइसम्बन्धी वृत्तचित्र पनि देखाइएको थियो।

प्रकाशित: १६ चैत्र २०७४ ००:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App