१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

कमेडी भरिएको ‘कोहलपुर एक्सप्रेस’

काठमाडौं– वर्षको सुरुवातदेखि अन्त्यसम्म कमेडी फ्लेबरका फिल्ममा दर्शकको रुचि बढिरहँदा यस्तै फ्लेबरको नयाँ फिल्म ‘कोहलपुर एक्सप्रेस’को ट्रेलर सार्वजनिक भएको  छ । राजधानीमा बुधबार आयोजित कार्यक्रममा केकी अधिकारी प्रस्तुतकर्ता रहेको फिल्मको ट्रेलर सार्वजनिक भएको हो।

फिल्मकी नायिकासमेत रहेकी केकीले पहिलोपटक फिल्म निर्माणमा आएकाले कमेडी फ्लेबरबाटै सुरुवात गरेको बताइन् । ‘फिल्म पूर्ण रुपमा कमेडी फ्लेबरमा छ । मेरो चरित्र यसअघिका फिल्ममा भन्दा फरक छ,’ उनले भनिन्।

अर्की नायिका प्रियंका कार्कीले कमेडी फ्लेबरका फिल्ममा काम गर्दा छुट्टै रमाइलो हुने बताइन् । ‘यसअघि मैले गरेका कमेडी फिल्मभन्दा कोहलपुर एक्सप्रेस केही हिसाबले फरक छ,’ प्रियंकाले भनिन् ।ट्रेलरमा ‘तिर्सना’ नामकी युवतीको भूमिकामा देखिएकी ऋचाले आफू फिल्ममा मोडल ‘तिर्सना बुढाथोकी’ नबनेको खुलाइन् । ‘दुई दिन मैले उहाँको भिडियो हेरेकी थिएँ । धेरथोर उहाँको हाउभाउबाट प्रभावित भएँ,’ ऋचाले भनिन्।

फिल्मबाट निर्देशनमा डेब्यु गरेका फिल्मका लेखक तथा निर्देशक विशाल भण्डारीले पहिलो प्रयास स्वरुप कमेडी फ्लेबरको फिल्म रोजेको बताए । ‘फिल्म झन्डै दुई घण्टाको छ । फिल्मबाट तपाईंहरूले केही सिक्नु हुन्न । तर दुई घन्टाको मज्जाले कट्ने ग्यारेन्टी गर्छु,’ विशालले भने।

ट्रेलरमा प्रियंकालाई गर्भवती, ऋचालाई आइटम डान्सरका रुपमा प्रस्तुत गरिएको छ । वैशाख १४ गतेबाट प्रदर्शनमा आउने फिल्म केकीको ब्यानर जुनकिरी आर्टसबाट निर्माण भएको हो । फिल्ममा विनोद न्यौपाने, बुद्धि तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराईलगायतको अभिनय छ । अर्जुन तिवारीको छायांकन रहेको फिल्ममा भद्रबहादुर शाही, देवीलाल न्यौपाने पण्डित र शिवप्रसाद चौलागार्इं निर्माता छन् । फिल्ममा राजनराज ििवाकोटी, अर्जुन पोखरेल र कालीप्रसाद बास्कोटाको संगीत छ ।
 

प्रकाशित: १५ चैत्र २०७४ ०२:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App