१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

तरुण दल र महिला संघको महाधिवेशन गराउन निर्देशक समिति गठन

काठमाडौं–नेपाली कांग्रेसले पार्टीका दुई भ्रातृ संगठन नेपाल तरुण दल र नेपाल महिला संघको महाधिवेशन गराउन पार्टी  निर्देशक समिति गठन गरेको छ।

 नेपाल विद्यार्थी संघको महाधिवेशन सम्पन्न भएको एक साता वित्न नपाउँदै सभापति शेरबहादुर देउवाले सोमबार तरुण दल र महिला संघको महाधिवेशन गराउन निर्देशक समिति गठन गरेका हुन।

तरुण दलको महाधिवेशन गराउन नेता बालकृष्ण खाँणको संयोजकत्वमा उमाकान्त चौधरी, सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, रामकृष्ण यादव, हृदयराम थानी र सरिता प्रसाई सदस्य रहेको समिति गगन गरेका छन्।

त्यस्तै, महिला संघको महाधिवेशन गराउन एन.पी. साउँदको संयोजकत्वमा नविन्द्रराज जोशी, चन्द्र भण्डारी, कमला पन्त र प्रदीप पौडेल सदस्य रहेको समिति गठन गरेका छन् ।

सभापति देउवाले पार्टी विधान विधान, २०१७ (संशोधन र परिमार्जित)को धारा २४ (६) अनुसार समिति गठन गरेका हुन । दुबै संगठनले भदौको अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेका छन्। 

प्रकाशित: ६ भाद्र २०७३ १४:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App