१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

तेल चोरी गर्ने ट्याङ्कर चालक पक्राउ

काठमाडौं – इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट नेपालमा तेल ल्याउँदै गर्दा बीच बाटोमा तेल चोरी गरेर बेच्ने एक ट्याङकर चालक पक्राउ परेका छन्। 

भारत आइओसीको बरौनी डिपोबाट नेपाल आयल निगमको विराटनगर डिपोमा तेल ढुवानी गर्ने ना.२ ख४७११ नम्बरको ट्याङकर र ट्याङकरका चालकलाई शुक्रबार राति भारत प्रहरीले पक्राउ गरेको हो। २० हजार लिटर डिजेल बोकेको ट्याङकर र चालक जोगिन्दर झालाई भारतीय प्रहरीले बिहारबाट पक्राउ गरेको हो। 

चालकबाट १० लाख, ८० हजार भारतीय रुपैयाँ  पनि बरामद गरिएको छ। भारतमा भन्दा नेपालमा तेलको मूल्य सस्तो भएकोले ट्याङकर चालकहरूले आयलनिगमकै अधिकारीहरुसँगको मिलेमतोमा भारतमै तेल बेच्दै आएका छन्।

नेपााल आयल निगमले गत बुधबारदेखि तेल चोरी नियन्त्रण गर्न सेक्युरिटी लकिङ सिस्टम कार्यान्वयनमा ल्याएपछि तेल चोर्न नपाइने भएपछि ट्याङकर चालक हड्तालमा उत्रेका थिए। 

गलत प्रक्रियामा संलग्न भएको पाइए चालकलाई कारबाही गरिने नेपाल आयल निगमका प्रवक्ता दिलेन्द्र गोहितले बताए।

प्रकाशित: ३ चैत्र २०७४ ०३:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App