१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नविना लामा सांसद भएपछि अनेरास्ववियु पुनर्गठनको तयारी, नयाँ अध्यक्ष को ?

काठमाडौं – अनेरास्ववियुका अध्यक्ष नवीना लामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि संगठनको पुनर्गठन गरिने भएको छ। 

लामा समानुपातिकतर्फबाट निर्वाचित भएकी हुन्। एकै व्यक्ति दुई पदमा बस्ने नहुने पार्टीको नियमअनुसार उनी अनेरास्ववियुको नेतृत्व छाड्ने तयारीमा छिन। नेकपा (माओवादी केन्द्र)सँग नेकपा (एमाले)को पार्टी एकता हुन लागेकाले आफ्ना भ्रातृ संगठनको महाधिवेशन एमालेले रोकेपछि लामाले केन्द्रीय कमिटी बैठकबाट नेतृत्व हस्तान्तरण गर्न थालेको अनेरास्ववियूका उपाध्यक्ष महेश बर्तौलाले बताए। 

‘अध्यक्ष लामाको कार्यकाल सकिएको छ र प्रतिनिधिसभाको सदस्यमा समेत निर्वाचित हुनुभएको छ’ उपाध्यक्ष बर्तौलाले भने, ‘केही दिनअघि अखिलको स्थायी कमिटी बैठकमा समेत उनले आफू प्रतिनिधिसभाको सदस्यको भइसकेको अवस्थामा नेतृत्व हस्तान्तरण गर्न कुरा बताएका थिए।’

अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)बीच तत्काल एकता पनि सम्भव नहुने भएपछि संगठनलाई चलायमान बनाउन लामाले नेतृत्व छाड्न थालेकी हुन्। विसं २०७२ माघ २८ गते अनेरास्ववियुको २२ औं राष्ट्रिय महाधिवेशन भएको थियो। दुई वर्ष कार्यकाल रहेको केन्द्रीय कमिटीको समयावधि सकिएको छ। 

लामाले नेतृत्व छाडेपछि संगठनका उपाध्यक्ष बर्तौला र रश्मि आचार्य, महासचिव ऐन महर र सचिव सुदेश पराजुली नयाँ नेतृत्वको दौडमा रहेका छन्।

प्रकाशित: २३ फाल्गुन २०७४ ०९:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App