२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

विश्वकप क्रिकेट छनोट : जिम्बाव्बेको ३०० रन पूरा

काठमाडौं – जिम्बाव्बेमा आइतबार (आज) बाट सुरू भएको आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा अहिले नेपाल आयोजक टोलीसँग प्रतिस्पर्धा गरिरहेको छ।

क्विन्स स्पोर्टस क्लबमा टस जितेर पहिला ब्याटिङ गरिरहेको घरेलु टोली जिम्बाव्बेले राम्रो प्रदर्शन गरिरहेको छ। जिम्बाव्बेले ताजा अवस्थामा ४३.२ ओभरमा विकेट ४ गुमाउदै ३०० रन पुरा गरेको छ।

जिम्बाव्बेका लागि पहिलो विकेटका रूपमा जुवाओ ४१ रन बनाएर सन्दिप लामिछानेको बलमा आउट भएका थिए। त्यस्तै दोस्रो विकेटका रूपमा ह्यामिल्टन मस्कर्जा १७ बलमा बसन्त रेग्मीको बलमा आउट भए। तेस्रो विककेटका रुपमा सोलोमोन मिरे बसन्त रेग्मीकै बलमा ५१ रनमा क्याच आउट भए भने चौंथो विकेटको रूपमा ललित नारायण राजबंशीको बलमा क्रेइन इर्भिने ३४ रन बनाएर आउट भएका छन्।

अहिले क्रिजमा ब्रेन्डन टेलर ८८ र सिकन्दर राजा ६३ रन बनाएर खेलिरहेका छन्।

पहिलो खेलमै टेस्ट टोलीविरुद्ध उसैको घरेलु मैदानमा खेल्नुपर्ने भएकाले नेपाललाई आइतबार कुनै गल्ती गर्ने छुट हुँनेछैन।
१९९२ जुलाईमा टेस्ट मान्यता पाएको जिम्बाब्वे २००५ देखि २०११ को बीचमा बाहेक लगातार टेस्ट क्रिकेट खेलिरहेको छ  टेस्ट राष्ट्रको वरीयतामा पुछारमा रहेपछि विश्वकप छनोट प्रतियोगिता खेल्नुपरेको जिम्बाब्वेले घरेलु मैदान र समर्थकको फाइदा उठाउन सक्छ।

प्रकाशित: २० फाल्गुन २०७४ १०:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App