१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

करिब २ अर्बको शेयर कारोबार

काठमाडौं – धितोपत्र बजारमा यससाता १ अर्ब ९६ करोड ३८ लाख ७१ हजार बराबरका ४५ लाख २६ हजार ५५० कित्ता सेयर खरिद बिक्री भएका छन्।

नेपाल स्टक एक्सचेन्जकाअनुसार कारोबार रकम गत साताको भन्दा १५ दशमलव शुन्य चार प्रतिशत बढी हो। गत साता १७६ कम्पनीको कारोबार भएको थियो। गत साता १ अर्ब ७० करोड ७० लाख ६८ हजार बराबरका ४२ लाख ४८ हजार ७३० कित्ता शेयर खरिद बिक्री भएका थिए।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २८ दशमलव ७४ अंकले घटेर अन्तिम दिन १ हजार ३४५ दशमलव ९९ अंकमा पुगेको छ। स्टककाअनुसार ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ५ दशमलव २० अंकले घटेर २८५ दशमलव ३८ अंकमा आइपुगेको छ।

यस साता कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा छ। सो कम्पनीको २२ करोड ६२ लाख २० हजार बराबरको शेयर खरिद बिक्री भएका थिए। त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ। सो बैंकको ८ लाख १२ हजार कित्ताको शेयर कारोबार भएको हो।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो। यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन।

स्टककाअनुसार यससाता उन्नती माइक्रोफाइनान्स वित्तीय संस्थाको ५५ लाख कित्ता साधारण शेयर सूचीकृत भएको छ।   (रासस)

प्रकाशित: १९ फाल्गुन २०७४ १०:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App