१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सुरक्षित गर्भपतन सेवामा अवरोध

सुआहाराले सुरक्षित गर्भपतनका क्षेत्रमा काम नगर्नु भनी एनजिओलाई पठाएको पत्र । तस्बिर : नागरिक

रोल्पा – नेपाल सरकारसंग साझेदारका रुपमा सहयोग गर्ने भन्दै काम गरिरहेको एउटा गैरसरकारी संस्था (आइएनजीओ)ले सरकारले कानून तह संचालन गरिरहेको सुरक्षित गर्भपतन सेवा प्रबाहमा अबरोध पु¥याउन थालेको छ। 

अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोगको आर्थिक सहयोगमा हेलेन केलर इन्टरनेशनलमार्फत संचालन भइरहेको सुआहारा कार्यक्रम संचालन गरिरहेको स्थानीय गैरसरकारी सस्थाहरुलाई सुरक्षित गर्भपतन सेवा सम्बन्धी कार्यक्रममा रोक लगाउँदै पत्राचार गरेको छ। युएसएडको निती नियम अनुसार सुरक्षित गर्भपतन सम्बन्धी कुनै पनि क्रियाकलाप गर्न गराउन बन्देज गरिएको हुँदा त्यस संस्थाले सो संग सम्बन्धित कुनै पनि कार्यक्रम नगर्नु भन्दै माघ ५ गते पत्राचार गरेको हो।

‘हामीले सुआहारा कार्यक्रम २ गरिरहेका छौं। यसै बीच आईपाससंग रहेको नयाँ कार्यक्रमको सम्झौता गरि सुरक्षित गर्भपतनको क्षेत्रमा काम गर्ने तयारीमा रहँदा बिबाद आयो,’ ग्रामिण विकास तथा चेतना समाज रुडास रोल्पाका सोभाराम डाँगीले भने– ‘सुआहारा कार्यक्रमको सम्झौतामा पनि त्यो कुरा कतै उल्लेख छैन। मेक्सीको सिटी पोलिसीको नाममा आईएनजिओले असहज बाताबरण सृजना गरेको छ। तर त्यो पोलिसीमा पनि सुरक्षित गर्भपतन प्रमोट गर्ने पनि भनेको छ। हामीले आईपासको सुरक्षित गर्भपतनको सम्बन्धी कार्यक्रम चलाउछौं। सुआहाराले नेपाल सरकारकै निति मिचेर संम्झौता तोड्यो भने अदालत जान्छौं।’ 

युएसएडको रकममा काम गर्ने रोल्पा, अर्घाखाँची र बाजुरामा संचालित सुआहारा कार्यक्रमलाई मात्र नभई देशैभरका स्थानीय गैर सरकारी संस्थाहरुले सुरक्षित गर्भपतनका क्षेत्रमा काम गर्न पाउने छैनन्। अमेरिकामा नयाँ सरकार सत्तामा आए पछिको निर्णय भन्दै सरकारी नियम नै उल्टाएर आफे कार्यक्रम लाद्दै छन। ‘सुआहारा कार्यक्रम चलाएकाले मात्र होइन युएसएडको फन्ड चलाउने कोहि कसैले पनि सुरक्षित गर्भपतनका कुनै कार्यक्रम गर्न पाउँदैनन्। पहिले यस्तो थिएन ट्रम्प सत्तामा आएपछि यो नियम आएको हो’ युएसएड सुआहारा काठमाडौंका बसन्त थापाले भने– ‘नेपाल सरकारले जे सुकै भनोस यो फन्ड चाहि युएसएडको निति अनुसार चल्छ र चल्नुपर्छ। यी कानूनी भन्दा पनि सहमतिका कुरा हुन।’

त्यसो त स्थानिय गैर सरकारी संस्थासंग सहकार्य गरेर मात्र कार्यक्रम संचालन गर्न पाउने आईएनजिओहरुले सिधै आफैले पनि जिल्लामा कार्यक्रम गरिरहेका छन्। अहिले जिल्लामा सञ्चालन भइरहेको सुआहारा २ का केही कार्यक्रमहरु पनि सिधै संचालनमा छन। कही कतै जवाफदेही नहुने गरि संस्थागत खाता बिना नै ठूलो धनराशी सक्ने यस्ता कार्यक्रमको न अनुगमन हुन्छ न त कतै छलफल हुने गर्दछ। सुआहाराले पोषणको क्षेत्रमा काम गरिरहेको छ भने आईपासले सुरक्षित गर्भपतनको क्षेत्रमा काम गर्ने छ। रोल्पामा अहिले नेपाल सरकारका मान्यता प्राप्त १२ स्थानबाट सुरक्षित गर्भपतन सेवा उपलब्ध हुँदैै आएको छ।

प्रकाशित: १३ फाल्गुन २०७४ १०:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App