१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

डिपिएलमा करण महँगा, बिकेनन् महबुब

धनगढी प्रिमियर लिगको दोस्रो संस्करणका लागि बुधबार भएको खेलाडी बोल- कबोलमा रूपन्देही च्यालेन्जर्सका रणनीतिक खेलाडी शक्ति गौचन । तस्बिर: नागरिक

काठमाडौं – नामिबियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन–२ मा क्यानडामाथि १ विकेटको अविश्वसनीय जित दिलाउन महत्वपूर्ण भमिका निर्वाह गरेका बलिङ अलराउन्डर करण केसीलाई धनगढी प्रिमियर लिगको दोस्रो संस्करण (डिपिएल–२)का टोलीहरूले सबैभन्दा धेरै भाउ लगाएका छन्।

सोमबार राजधानीमा भएको बोल बढाबढ (अक्सन) मा वर्गीकरण ‘ए’ का करणलाई प्रतियोगिताका सबैले टोलीले अधिकतम मूल्य १ लाख ५० हजार रुपैयाँ भाउ लगाएका थिए । अन्तत, गोलाप्रथामा महेन्द्रनगर युनाइटेड भाग्यमानी रह्यो । चैत १७ गतेबाट धनगढीमा हुने डिपिएलको दोस्रो संस्करणमा करणले अब विनोद भण्डारीको महेन्द्रनगरबाट प्रतिस्पर्धा गर्नेछन् । नामिबियामा नेपालबाट राम्रो प्रदर्शन गर्ने अर्का खेलाडी मोहम्मद आरिफ शेखलाई पनि महेन्द्रनगरले अधिकतम मूल्यमा भित्र्याउन सफल भएको छ । आरिफलाई रूपन्देही च्यालेन्जर्सबाहेक सबै टोलीले अधिकतम मूल्य लगाएका थिए।

वर्गीकरण ‘ए’ बाट बायाँहाते स्पिनर वसन्त रेग्मी र अलराउन्डर सागर पुन अधिकतम मूल्यमा बिक्री भए । गत वर्ष काठमाडौं गोल्डेन्सको कप्तानी गरेका वसन्तलाई विराटनगर किङ्स, सिवाइसी अत्तरिया, टिम चौराहा र महेन्द्रनगरले भाउ लगाएका थिए । वसन्तलाई भित्र्याउने क्रममा राष्ट्रिय टोलीका कप्तान पारस खड्काको विराटनगर भाग्यमानी बनेको थियो।

पछिल्लो समय खराब ब्याटिङ लयका कारण राष्ट्रिय टोलीमा स्थान बनाउन असफल सागर पुनलाई तीन टोली काठमाडौं, विराटनगर र रूपन्देही च्यालेन्जर्सले अधिकतम भाउ लगाएका थिए । सागरलाई गोलाप्रथामा रूपन्देहीले भित्र्याउन सफल भयो । वर्गीकरण ‘ए’ को आधारमूल्य ७५ हजार रुपैयाँ रहेको थियो । १५ वटा अन्तर्राष्ट्रिय खेलमा नेपाललाई प्रतिनिधित्व गरिसकेका तथा पछिल्लो ३ वर्ष राष्ट्रिय टोलीमा भएका खेलाडीलाई  समूह ‘ए’ मा वर्गीकगरण गरिएको थियो । सुवास खकुरेल (अत्तरिया) र राजेश पुलामीमगर (टिम चौराहा) समान ८० हजार रुपैयाँमा बिक्री भए।

डिपिएल–२ का प्रत्येक टोलीमा १५ खेलाडी हुन अनिवार्य थियो । त्यसमध्ये १२ खेलाडी अक्सनबाट छनोट गरिएको हो । बाँकी तीनमध्ये दुई विदेशी खेलाडी अनिवार्य राख्नुपर्नेछ । एक रणनीतिक खेलाडी छन् । विराटनगरमा पारस खड्का, अत्तरियामा दीपेन्द्रसिंह ऐरी, काठमाडौंमा ज्ञानेन्द्र मल्ल, महेन्द्रनगरमा विनोद भण्डारी, रुपन्देहीमा शक्ति गौचन र टिम चौराहामा सोमपाल कामी रणनीतिक खेलाडी हुन्।

अक्सनमा समूह ‘बी’ का २० खेलाडीलाई टोलीहरूले अधिकतम भाउ लगाएका थिए । ५० हजार रुपैयाँ आधरमूल्य रहेको समूह ‘बी’ मा राष्ट्रिय खेलाडी, उमेरसमूह र राष्ट्रिय टोलीको क्याम्पमा परेका खेलाडी समावेश थिए । यु–१९ विश्वकप छनोट तथा नामिबियामा उत्कृष्ट प्रदर्शन गरेका रोहितकुमार पौडेललाई प्रतियोगिताका सबै टोलीले अधिकतम १ लाख रुपैयाँको भाउ लगाए।

तथापि विनोद भण्डारीको महेन्द्रनगर भाग्यशाली बन्यो । एभरेस्ट प्रिमियर लिग  (इपिएल) मा भैरहवा ग्लाडियटर्सलाई फाइनल पुर्याउन महत्वपूर्ण भूमिका निभाएका थिए । काठमाडौं गोल्डेन्सले बाजी मारेका बायाँहाते स्पिनर ललितनारायण राजवंशीलाई पनि पाँच टोली (महेन्द्रनगर, विराटनगर, अत्तरिया, काठमाडौं र चौराहा) ले अधिकतम भाउ लगाएका थिए । विकेटकिपर ब्याट्सम्यान दिलीप नाथलाई भित्र्याउन विराटनगर भाग्यमानी बन्यो । दिलीप नाथलाई काठमाडौं र अत्तरियाबाहेक सबै टोलीले भाउ लगाएका थिए।

समूह ‘बी’ का शाहब आलम, सुसन भारी, अमित श्रेष्ठ, सुनील धमला, अनिलकुमार शाह, कुशल भुर्तेल, कृष्ण कार्की, सिद्धान्त लोहनी, पवन सर्राफ, रामनरेश गिरी, सोनु तामाङ, ललितसिंह भण्डारी, योगेन्द्रसिंह कार्की, किशोर महतो, सौरभ खनाल, भुवन कार्कीलाई अधिकतम मूल्यमा भाउ लागेको थियो।

विकेटकिपर ब्याट्सम्यान आरिफ शेख ५५ हजारमा बिक्री भए । उनलाई महेन्द्रनगरले भित्र्याएको थियो । महेन्द्रनगरले हरिशंकर शाहलाई ९५ हजार रुयौयाँ मूल्य तिर्यो । सन्तोष भट्टलाई काठमाडौंले ९५ हजारमा भित्र्याउँदा सन्दीप जोरालाई अत्तरियाले ९० हजार रुपैयाँमा भित्र्याएको थियो ।

समूह ‘सी’ का पाँच खेलाडी अधिकतम मूल्यमा बिक्री भए । समूह ‘सी’ का खेलाडीका लागि २५ हजार रुपैयाँ आधारमूल्य तोकिएको थियो भने अधिकतम मूल्य ७५ हजार रुपैयाँ थियो । रूपन्देहीले बाजी मारेको अमरसिंह राउटेलालाई सबै ६ टोलीले अधिकतम मूल्यमा भाउ लगाएका थिए । पुरन विके, मोहम्मद सम्साद शेख, अविनाश बोहरा र मोहम्मद सोनु अन्सारी समूह ‘सी’ मा अधिकतम मूल्यमा बिक्री भए।

‘ट्यालेन्ट हन्ट’ बाट आएका नारायण जोशी (महेन्द्रगनर), विक्रम ठगुन्ना (काठमाडौं), सागर भण्डारी  (अत्तरिया) र सुबोध ऐर (विराटनगर) अधिकतम मूल्यमा बिक्री भए । समूह ‘डी’ मा रहेका यी खेलाडी सुदूरपश्चिममा ट्यालेन्ट हन्ट गरेर ल्याइएका हुन् । प्रत्येक टोलीले ट्यान्लेन्ट हन्टका एक खेलाडी अनिवार्य समावेश गर्नुपथ्र्यो । विजय रानालाई टिम चौराहाले आधार मूल्य १० हजारमा भित्र्याउँदा प्रकाश जैसीलाई रूपन्देहीले १५ हजारमा भित्र्यायो।क्लब डेजाभु कान्डमा मुछिएका कारण इपिएल खेल्न नपाएका अलराउन्डर पृथु बाँस्कोटालाई विराटनगरले १ लाख २० हजारमा भित्र्याउन सफल भयो । ओपनर ब्याट्सम्यान नरेश बुढाऐरलाई काठमाडौं गोल्डेन्सले १ लाख २० हजार रुपैयाँमा अनुबन्धन गर्यो।

मन्जित श्रेष्ठ(विराटनगर), फिरजोश अन्सारी (विराटनगर), सञ्जय बस्नेत (काठमाडौं), दीपेश श्रेष्ठ (रूपन्देही), राजु रिजाल (टिम चौराहा), महेश अधिकारी (टिम चौराहा), भुवन केसी (अत्तरिया) आकाश थापा (अत्तरिया), रोमन बम  (अत्तरिया), रोविन क्षत्री  (महेन्द्रनगर), दीपेन्द्र चन्द ( महेन्द्रनगर) सुरुमा बिक्री नभए पनि पछि टोलीले लिएका खेलाडी हुन्।

विराटनगर किङ्स
रणनीतिक खेलाडी : पारस खड्का

क्र.स    खेलाडीको नाम    विक्री मूल्य
१    वसन्त रेग्मी     १,५०,०००।–
२    पृथु बास्कोटा     १,२०,०००।–
३    पवन सर्राफ     १,००,०००।–
४    रामनरेश गिरी    १,००,०००।–
५    सौरभ खनाल    १,००,०००।–
६    दिलीप नाथ     १,००,०००।–
७    अनिलकुमार शाह    १,००,०००।–
८    मञ्जित श्रेष्ठ    ७५,०००।–
९    पूर्ण वि.क.    ५०,०००।–
१०    अविनाश बोहरा    ५०,०००।–
११    सुबोध ऐर    २५,०००।–
१२    फिर्तोस अन्सारी    २५,०००।–
जम्मा खर्च रकम     ९,९५,०००।–
बाँकी रकम    १,०५,०००।–

रूपन्देही च्यालेन्जर्स
रणनीतिक खेलाडीः शक्ति गौचन

क्र.स    खेलाडीको नाम    बिक्री मूल्य
१    सागर पुन    १,५०,०००।–
२    विक्रमकुमार भुसाल    १,००,०००।–
३    सुशन भारी    १,००,०००।–
४    सिद्धान्त लोहनी    १,००,०००।–
५    जितेन्द्र मुखिया    ९०,०००।–
६    प्रदीप ऐरी    ८०,०००।–
७    कुशल मल्ल    ५५,०००।–
८    मोहम्मद सोनु अनसारी    ५०,०००।–
९    अमरसिंह राउटेला    ५०,०००।–
१०    दीपेश श्रेष्ठ    ५०,०००।–
११    विपिन कार्की    ३०,०००।–
१२    प्रकाश जैसी    १५,०००।–
जम्मा खर्च रकम    ८,७०,०००।–
बाँकी रकम    २,३०,००००।–

टिम चौराह धनगढी
रणनीतिक खेलाडीः सोमपाल कामी

क्र.स    खेलाडीको नाम    विक्री मूल्य
१    योगेन्द्रसिंह कार्की    १,००,०००।–
२    ललित भण्डारी    १,००,०००।–
३    सोनु तामाङ    १,००,०००।–
४    सुनिल धमला    १,००,०००।–
५    राजेश पुलामीमगर    ८०,०००।–
६    शंकर राना    ५५,०००।–
७    रवीन्द्रजंग शाही    ५५,०००।–
८    राजु रिजाल    ५०,०००।–
९    मोहम्मद सम्सद शेख    ५०,०००।–
१०    आशु कन्दोइ    ३०,०००।–
११    मशेह अधिकारी    २५,०००।–
१२    विजयी राना    १०,०००।–
 जम्मा खर्च रकम    ७,५५,०००।–
बाँकी रकम    ३,४५,०००।–

महेन्द्रनगर युनाइटेड
रणनीतिक खेलाडीः विनोद भण्डारी

क्र.स.    खेलाडीको नाम    बिक्री मूल्य
१    करण केसी    १,५०,०००।–
२    मोहम्मद अरिफ शेख    १,५०,०००।–
३    रोहितकुमार पौडेल    १,००,०००।–
४    भुवन कार्की    १,००,०००।–
५    हरिशंकर शाह    ९५,०००।–
६    अविनाश कर्ण    ८०,०००।–
७    प्रनित थापामगर    ६५,०००।–
८    मोहम्मद आसिफ शेख    ५५,०००।–
९    अरुण ऐरी     ४५,०००।–
१०    नारायण जोशी    २५,०००।–
११    रुविन क्षेत्री    २५,०००।–
१२    दीपेन्द्र चन्द    २५,०००।–
जम्मा खर्च रकम    ९,१५,०००।–
बाँकी रकम    १,८५,०००।–

काठमाडौं गोल्डेन्स
रणनीतिक खेलाडीः ज्ञानेन्द्र मल्ल

क्र.स.    खेलाडी    विक्री मूल्य
१    नरेश बुढाऐर    १,२०,०००।–
२    ललित राजवंशी    १,००,०००।–
३    अमित श्रेष्ठ    १,००,०००।–
४    किशोर महतो    १,००,०००।–
५    शाहब आलम    १,००,०००।–
६    सन्तोेष भट्ट    ९५,०००।–
७    रसिद खान    ५५,०००।–
८    पुष्प थापा    ५५,०००।–
९    सञ्जय श्रेष्ठ    ३०,०००।–
१०    भूपेन्द्र थापा    ३०,०००।–
११    विक्रम ठगुन्ना    २५,०००।–
१२    सञ्जय बस्नेत    २५,०००।–
जम्मा खर्च रकम    ८,३५,०००।–
बाँकी रकम    २,६५,०००।–

सिवाइसी अत्तरिया
रणनीतिक खेलाडीः दीपेन्द्रसिंह ऐरी

क्र.स    खेलाडी    रकम
१    कुशल भुर्तेल    १,००,०००।–
२    कृष्ण कार्की    १,००,०००।–
३    सन्दीप जोरा    ९०,०००।–
४    सुवर्णकर उराव     ८५,०००।–
५    सुवास खकुरेल    ८०,०००।–
६    प्रेम तामाङ    ५५,०००।–
७    कमलसिंह ऐरी    ५५,०००।–
८    विनोद लामा    ५५,०००।–
९    सागर भण्डारी    २५,०००।–
१०    भुवन केसी    २५,०००।–
११    आकाश थापा    २५,०००।–
१२    रोमन बम    २५,०००।–
जम्मा खर्च रकम    ७,२०,०००।–
बाँकी रकम    ३,८०,०००।–

 

प्रकाशित: १० फाल्गुन २०७४ ०३:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App