१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

हिमालयनको रोमाञ्चक जित

काठमाडौं – अन्तिम क्वार्टरमा उत्कृष्ट पुनरागमन गरेपछि घरेलु टोली हिमालयन हन्ड्सविरुद्ध विशाल मिलन केन्द्रले प्रथम क्विक्स पुरुष बास्केटबलमा मंगलबार ६१–५७ को रोमाञ्चक जित हासिल गरेको छ। लगातारका दुई क्वार्टरमा अग्रता लिनुका साथै तेस्रो क्वार्टरमा बराबरी खेले पनि अन्तिम क्वार्टरमा लय कायम राख्न नसक्दा हिमालयन हन्ड्स घरेलु कोर्टमा स्तब्ध बनेको हो।

शंकरदेव क्याम्पसको कोर्टमा हिमालयन हन्ड्सले पहिलो क्वार्टरमा १९–१४ को अग्रता लिएको थियो । दोस्रो क्वार्टरमा मात्र २ (१४–१२) स्कोरले विपक्षीलाई पछि पारेको हिमालयन हन्ड्सले तेस्रो क्वार्टरमा १३–१३ को बराबरी खेलेको थियो । अन्तिम क्र्वाटरमा पाहुना टोली विशाल मिलन केन्द्रले २२–११ को निर्णायक अग्रता लिँदै र समग्रमा ६१–५७ को जित निकाल्न सफल भयो । खेलमा विशाल मिलन केन्द्रका विकास गुरुङले सर्वाधिक १८ स्कोर गरे।

जितपछि विशाल मिलन केन्द्रले तालिकामा स्पष्ट ३ अंक जोड्न सफल भएको छ । होम एन्ड अवे डबल लिग प्रणालीमा जारी प्रतियोगितामा बुधबार गोल्फुटार कोर्टमा बुढानीलकण्ठ नगरपालिका र कीर्तिपुर बास्केटबल टिम तथा सेन्ट जेभियर कोर्टमा साउथ साइडर्स र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ।

 

प्रकाशित: ९ फाल्गुन २०७४ ०३:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App