१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कार्यदलको प्रतिवेदनपछि पार्टी एकता : दाहाल

चितवन- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले कार्यदलको प्रतिवेदनपछि औपचारिकरुपमा पार्टी एकताको घोषणा गरिने बताएका छन्।भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले पार्टी एकता संयोजन समितिमा सोमबार भएको पार्टी एकताको प्रारम्भिक समझदारीका आधारमा अन्तरिम विधान तयार पार्ने कार्यदलले प्रतिवेदन दिएपछि केन्द्रीय समितिको संयुक्त बैठक बस्ने बताए।“हामीले हिजो दुईवटा कार्यदल बनाएको छौं। यी कार्यदलको प्रतिवेदनपछि केन्द्रीय समितिको संयुक्त बैठक बस्छ।”  दाहालले भने, “त्यसपछि पुराना केन्द्रीय समिति विघटन गरेर नयाँ केन्द्रीय समिति बनाउछौं।”

नयाँ केन्द्रीय समिति बनाएपछि औपचारिकरुपमा नयाँ दलका रुपमा निर्वाचन आयोगमा दर्ता गरिने उनले बताए।  “सैद्धान्तिक र व्यवहारिक किसिमले हामी एकै कम्युनिष्ट पार्टी भइसक्यौं । तर कानुनीरुपमा निर्वाचन आयोगमा दल दर्ता गरेपछि मात्रै हामी नयाँ पार्टी हुन्छौं”, उनले भने।अध्यक्ष दाहालले अन्तर्राष्ट्रियरुपमा समेत स्थापित मान्यताका आधारमा एकता महाधिवेशनसम्म दुबै पार्टीका अध्यक्ष “सह–अध्यक्ष”का रुपमा रहने बताए। बैठकको अध्यक्षता आलोपालो गरिने गरि नयाँ पार्टीमा दुबै अध्यक्ष रहने र सोही अनुरुप हस्ताक्षर समेत रहने उनले जानकारी दिए।

 

 

प्रकाशित: ८ फाल्गुन २०७४ ०८:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App