१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चार्टर्ड एकाउन्टेन्सी परीक्षाको नतिजा प्रकाशित

काठमाडौं – नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले डिसेम्बर २०१७ मा संचालन गरेको चार्टर्ड एकाउन्टेन्सी परीक्षाको नतिजा प्रकाशित गरेको छ। 

प्रकाशित नतिजाअनुसार सिएपीआई तहमा सहभागी ७ सय २९ परीक्षार्थी मध्ये ४ सय ८८, सीएपी आई आई तहमा सहभागी १ हजार ४ सय २८ मध्ये एक तथा दुबै समूह गरी २ सय ४३ जना र सीएपी आई आई आई तहमा सहभागी ५ सय ४३ मध्ये एक तथा दुबै समूह गरी ७७ जना उत्तीर्ण भएको संस्थाले जनाएको छ। 

नतिजा अनुसार २७ जना परीक्षार्थी  चार्टर्ड एकाउन्टेन्ट सदस्यको लागि योग्यभएका संस्थाले जनाएको छ। यसैगरी चार्टर्ड एकाउन्टेन्ट्स सदस्यता परीक्षामा ३५ जना परीक्षार्थी उत्तीर्ण भएको संस्थाले जनाएको छ। 

प्रकाशित: ३ फाल्गुन २०७४ १४:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App