१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपालले दियाे नेदरल्याण्डसलार्इ २१८ रनको लक्ष्य

विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत चौथो चरणको दोस्रो खेलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा भइरहेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले नेदरल्यान्ड्सलाई २१८ रनको लक्ष्य दिएको छ । नेपालले निर्धारित ५० ओभरको खेलमा ९ विकेटको क्षतिमा २१७ रन बनायो ।
नेपालको तर्फबाट कप्तान पारस खड्काले सबैभन्दा धेरै ८४ रनको योगदान दिए । ९४ बलको सामना गरेका पारसले  ७ चौका र एक छक्का प्रहार गरेका थिए । पारसपछि सागर पुनले सर्वाधिक ४५ रनको योगदान गरे । उनले ७८ बलको सामना गरे । ओपनिङमा आएका सहकप्तान ज्ञानेन्द्र मल्ल ५२ बलमा ३९ रन बनाए भने विनोद भण्डारीले आक्रामक रूपमा रन बटुले । नेपाली टिमका भरपर्दा ब्याट्सम्यान शरद भेषावकर केवल ६ रन बनाई आउट भए । १५ बलको सामना गरेका शरदलाई भान डार मेरवेले क्याट आउट गराएका थिए ।
पहिलो खेलमा ३३ ओभरभित्रै अलआउट भएको नेपालले आजको खेलमा ब्याटिङमा उल्लेख्य सुधार ग¥यो । तर, लगातार अन्तरालमा विकेट गुमाएका कारण नेपालले ठूलो लक्ष्य बने बनाउन सकेन । - See more at: http://www.enayapatrika.com/2016/08/82951#sthash.ZwBMOdSz.dpuf

काठमाडाैं– अार्इसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत चौथो चरणको दोस्रो खेलमा नेपालले नेदरल्याण्डसलार्इ २१८ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमार्इ २१७ रन बनाएकाे हाे।

नेपालको तर्फबाट कप्तान पारस खड्काले सबैभन्दा धेरै ८४ रन जाेडे। ९४ बलमा पारसले  ७ चौका र एक छक्का प्रहार गर्न सफल भए। सागर पुनले सर्वाधिक ७८ बलमा ४५ रनको योगदान गरे।

सहकप्तान ज्ञानेन्द्र मल्लले ५२ बलमा ३९ रन बनाए। त्यस्तै, विनोद भण्डारीले पनि रन बटुले। नेपाली टिमका उत्कृष्ट ब्याट्सम्यान शरद भेषावकरले १५ बलमा जम्मा ६ रन बनाएर आउट भए। उनलार्इ नेदरल्याण्डसका भान डार मेरवेले क्याच आउट गराएका थिए।

पहिलो खेलमा ३३ ओभरभित्रै अलआउट भएको नेपालले आजको दाेस्राे खेलमा ब्याटिङमा उल्लेख्य सुधार गर्यो । तर, छाेटै अन्तरालमा लगातार विकेट गुमाएका कारण नेपालले ठूलो लक्ष्य बने बनाउन सकेन।

प्रकाशित: ३१ श्रावण २०७३ १२:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App