१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

तत्काल उद्धार थाल्न प्रधानमन्त्रीको निर्देशन, सेनाको हेलिकप्टर परिचालन

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले काभ्रेपलाञ्चोकको बिर्तादेउरालीमा बस दुर्घटनामा परी घाइते भएकाको तत्काल उद्धार गर्न गृह मन्त्रालयलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्रीले गृह मन्त्रालयलाई उद्धार कार्यका लागि तत्काल हेलिकप्टर पठाउन निर्देशन दिएका हुन्। “दुर्घटना भएको खबर पाएलगत्तै प्रधानमन्त्रीले घटनाप्रति दुःख व्यक्त गर्नुभयो र हेलिकप्टरमार्फत उद्धार गर्न निर्देशन दिनुभयो” – प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सल्लाहकार आचार्यले भने।

प्रधानमन्त्रीको निर्देशनलगत्तै गृह मन्त्रालयले घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर घटनास्थलतर्फ पठाएको छ । गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका शाखा अधिकृत चिरञ्जीवी नेपालले नेपाली सेनाको एमआई १७ हेलिकप्टर घटनास्थलमा पुगिसकेको जानकारी दिए।

उनका अनुसार हालसम्म २५ जनाको मृत्यु र अरु ३५ जना घाइते भएको सूचना प्राप्त भएको छ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एम्बुलेन्ससमेत तयारी अवस्थामा राखिएको छ ।

स्थानीय प्रशासनलाई घाइतेलाई हेलिकप्टर बस्न सक्ने ठाउँसम्म ल्याइपु¥याउन आग्रह समेत गरिएको थाहाभएको छ । रासस

प्रकाशित: ३१ श्रावण २०७३ १०:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App