१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

विहे भोज नगरी सामाजिक संस्थालाई सहयोग

काठमाडौं – वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तले आफ्ना छोराको विवाहको अवसर पारेर दुई सामाजिक संस्थालाई आर्थिक सहयोग गरेका छन् । बिहीबार एक विशेष कार्यक्रमको आयोजना गरी नेपाल क्यान्सर केयर फाउन्डेसन तथा पून्यार्जन फाउन्डेसनलाई २०–२० लाख रुपैयाँको चेक प्रदान गरिएको हो।

भोज–भतेर जस्ता काममा फजुल खर्च गर्नुको सट्टा समाज कल्याणका कामा सहयोग गर्नु उचित हुने ठानेर उक्त रकम ती दुई संस्थालाई हस्तान्तरण गरेको पन्तले बताए।

सो कार्यक्रममा नेपाल क्यान्सर केयर फाउन्डेसनका तर्फबाट संस्थाका कोषाध्यक्ष राजेन्द्र अर्याल तथा पून्यार्जन फाउन्डेसनका तर्फबाट उक्त संस्थाका अध्यक्ष डा. सुशील कोइरालाले सहयोग रकमको चेक बुझेका थिए।

सन् २०११ स्थापना भई २०१४ बाट पूर्ण क्रियाशील भएको नेपाल क्यान्सर केयर फाउन्डेसनले क्यान्सर रोग सम्बन्धी सचेतना फैलाउनुका साथै स्रोतविहीन क्यान्सर रोगीको उपचारमा सहयोग पु¥याउँदै आएको छ । त्यसैगरी २०७२ जेठ १ गते स्थापित पून्यार्जन फाउन्डेसनले भूकम्प प्रभावितलाई आर्थिक सहयोग उपलव्ध गराउनुका साथै बालबालिका तथा वृद्धवृद्धाका लागि स्वास्थ्य शिविर सञ्चालन गर्ने जस्ता कार्यमा सहयोग गर्दै आएको छ।
 

प्रकाशित: २८ माघ २०७४ ०७:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App