१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

केसिटिसी र आर्मीको जित

काठमाडौं– केसिटिसी र त्रिभुवन आर्मी  क्लबले दोस्रो खुकुरी च्यालेन्ज कप ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा आइतबार जित हात पारेका छन् ।मूलपानी क्रिकेट मैदानमा आइतबार केसिटिसीले मलपोखरी क्रिकेट क्लबलाई ९ विकेटले पराजित गर्दा आर्मीले नेपाल क्रिकेट एकेडेमीलाई ६ विकेटले पराजित गर्यो ।

मलपोखरीले प्रस्तुत गरेको ३४ रनको लक्ष्य केसिटिसीले मात्र २ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको थियो । केसिटिसीका ओपनर सञ्जय बस्नेतले १४ र अडिल खानले १३ रन जोडे ।यसअघि टस जितेर सुरुआती ब्याटिङ गर्ने निर्णय लिएको मलखपोखरीका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको स्कोर जोड्न नसक्दा टोली ९.४ ओभरमा मात्र ३३ रनमा समेटिएको थियो ।

मलपोखरीलाई सस्तोमा समेट्ने क्रममा केसिटिसीका नन्दन यादवले ४ र सञ्जयले ३ विकेट लिए ।
आइतबार सम्पन्न अर्को खेलमा आर्मीले नेपाल क्रिकेट एकेडेमीलाई ६ विकेटले पराजित गरेको हो ।
नेपाल क्रिकेट एकेडेमीले प्रस्तुत गरेको १ सय २३ रनको लक्ष्य आर्मीले १६.४ ओभरमा ४ विकेट गुमाउँदै भेट्टाएको थियो ।

आर्मीका राजु रिजालले सर्वाधिक ४४ रनको योगदान दिए । त्यस्तै राजेश पुलामीले १९ रन जोडे ।
यसअघि टस जितेर ब्याटिङ रोजेको नेपाल क्रिकेट एकेडेमीले ओपनर रवि शाहको अविजित ७४ रन मद्दतमा ५ विकेट गुमाउँदै १ सय २२ रनको सामान्य योगफल तयार पारे पनि त्यसलाई जोगाउन सकेन ।

 

 

प्रकाशित: २२ माघ २०७४ ०३:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App