१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नागरिकता माग्दै ज्ञापनपत्र

सर्लाही– आमा वा बुवा नेपाली नागरिक भएको सन्तानलाई नेपाली नागरिकता प्रमाणपत्र प्रदान गर्न माग गर्दै सर्लाहीबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको छ।

आइतबार दिउँसो विभिन्न अधिकारकर्मी सम्बद्ध संस्था थर्ड एलाइन्स सर्लाहीले प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालमार्फत प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष ज्ञापनपत्र पठाएको हो।

नेपालको संविधानको धारा १० को उपधारा १ मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगरिने प्रावधान रहे पनि जिल्लाबाट जन्मसिद्ध नागरिकताधारीका सन्तानले वंशजको नेपाली नागरिकता पाउन नसकेकाले ज्ञापन पत्र बुझाइएको एलाइन्सका मुकेश मिश्रले जानकारी दिए।

ज्ञापनपत्रमा नेपाल नागरिक समाज सर्लाहीका अध्यक्ष महेन्द्र प्रसाद कर्ण, नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष विश्वनाथ ठाकुरसहित ११ जना विभिन्न पेशाकर्मी एवं अधिकारकर्मीले हस्ताक्षर गरेका छन्।

प्राप्त ज्ञापनपत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको प्रजिअ कटवालले जानकारी दिए।

प्रकाशित: ८ माघ २०७४ ०२:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App