२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

‘सुनै सुनको वर्षा रानीहारसँगै बिदेश यात्रा’का विजेता घोषणा

काठमाडौं – महिन्द्रा टु ह्वीलरको आधिकारिक वितरक अग्निमोटो इन्कले दसैं, तिहार तथा छठ चाडपर्वको अवसरमा ल्याएको ‘सुनै सुनको वर्षा रानीहारसँगै बिदेश यात्रा’ उपहारका विजेता घोषणा गरिएको छ। यो योजनाको लक्की ड्रमा प्रत्येक १५ दिनमा रानीहार प्रदान गर्दै आइएको थियो।

बम्परमा २ परिवारलाई थाइल्याण्डको भ्रमण गर्ने अवसर प्रदान गरिने छ। यस योजना अन्तर्गत थाइल्याण्ड भ्रमणको लागि बम्बर विजेता कुपन नं ९९७ हेटौंडाका कल्पना दाहाल र कुपन नं ००१ वितामोडका मन्जु खरेल बनेका छन्। दुबैको परिवारले ५ दिन ४ रातको प्याकेजसहित बैंकक भ्रमणको अवसर पाएका छन्।

साथै, १५औं दिनको अन्तिम रानिहार विजेता मध्यविन्दुका कुपन नम्बर ९४९ भएका दल बहादुर खत्री बनेका छन्। यस लक्की ड्रको घोषण महिन्द्रा टु ह्वीलरको अफिसियल फेसबुक पेजमार्फत महिन्द्रा एण्ड महिन्द्रा नेपालका कन्ट्री म्यानेजर आशिष जोशीले गरेका थिए ।

प्रकाशित: २६ पुस २०७४ १३:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App