१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

देशभर नर्सिङ आन्दोलन

काठमाडौं – नर्सहरूमाथि विभिन्न शोषण भएको भन्दै देशभरका नर्सहरू आजदेखि आन्दोलनमा उत्रिँदैछन् ।
मानवअंग प्रत्यारोपण केन्द्रका नर्सहरूमाथि भएको शोषण तथा अनियमितताको विषयलाई लिएर आन्दोलनमा उत्रिन बाध्य भएको नेपाल नर्सिङ संघले जनाएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी संघले आन्दोलनको घोषणा गरेको हो ।

आन्दोलनको पहिलो चरणमा देशभरका नर्सहरूले कालो पट्टी बाँधेर विरोध गर्ने र लगत्तै अन्य आन्दोलन जारी राख्ने संघले जनाएको छ । संघले मानव अंग प्रत्यारोपण केन्द्र तथा  किष्ट मेडिकल कलेजका नर्सहरूमाथिको शोषण र नर्सहरू माथि हुने शोषणका विरुद्ध ११ सूत्रीय माग अघि सारेको छ । माग पूरा नभएसम्म देशभर आन्दोलन जारी राख्ने सघंले जनाएको छ ।

साउनदेखि मानव अंग प्रत्यारोपण केन्द्रले अनेक बहानामा वर्खास्त गरेका नर्सहरूको स–सम्मान पुनर्रवहाली गर्न भएका वार्तामा केन्द्रका पदाधिकारीले मौखिक सम्झौता मात्र गर्ने तथा पीडितलाई न्याय दिनुको सट्टा उल्टै धम्की दिने गरको संघले जनाएके छ । साथै  स्वास्थ्य मन्त्रालयका दुइवटै समितिले सही छानविन गर्न नसकेको जनाउँदै संघले आपत्ति जनाएको छ ।
‘मन्त्रालयले गठन गरेको छानविन समितिले समयमै प्रतिवेदन पेश नगर्दा मन्त्रालयले व्यवस्थापन पक्षको संरक्षण गर्न खोजेको त हैन ?’ पे्रस विज्ञप्ति जारी गर्दै संघकी कार्यवाहक अध्यक्ष गंगा थापाले भनिन् । नर्सिङ संघले केन्द्रको छानविनपछि मात्र नर्सको पुनर्वहाली माग गरेको भए पनि अटेरी गर्दै आएकाले संघ आन्दोलनमा उत्रिन बाध्य भएको केसीले बताइन् ।

संघले नर्सहरूमाथि भइरहेको सबै विभेद अन्त्य हुनुपर्ने माग गरेको छ । संघले प्रस्तुत गरेको ११ सूत्रीय मागमा मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्कासनमा परेका नर्सिङ कर्मचारीको पुनर्वहाली गर्नुपर्ने, अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुनस्र्थापना हुनुपर्ने, गुणस्तरीय स्वास्थ्य सेवाको लागि नर्स बिरामीको अनुपात लागू गर्नुपर्ने, नेपाल सरकारका नर्स सरह निजीका नर्सहरूको स्तरअनुसार तलव तथा अन्य सुविधाको व्यवस्था हुनुपर्नेलगायतका माग छन् । हाल देशभर ७४ हजार नर्स विभिन्न अस्पतालमा कार्यरत रहेको संघले जनाएको छ ।

 

 

प्रकाशित: २६ पुस २०७४ ०३:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App