१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेश ६ मा मुख्यमन्त्री ‘सपना’

नेपालगन्ज– करिब दुई दशकअघि मन्त्री भइसकेका एमालेका यामलाल कँडेल ६ नम्बर प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचितमध्ये सबैभन्दा वरिष्ठ हुन् । आपूmभन्दा कनिष्ठलाई संघीय संसद्मा पठाएर उनी प्रदेशसभामा बसेका हुन् । यसको एकमात्र कारण हो– मुख्यमन्त्री सपना ।

निर्वाचन सम्पन्न भई परिणाम आएपछि भने कँडेलको यो सपना संकटमा परेको छ । उनको पार्टी एमालेमा मात्र होइन, वाम गठबन्धनको प्रमुख घटक माओवादी केन्द्रमा समेत उत्तिकै सशक्त आकांक्षी देखिएका छन् । यसले उनको सपनाले सार्थकता पाउनेमा प्रश्न उब्जिएको छ ।

एमालेका यामलाल कँडेल र प्रकाश ज्वाला,  माओवादी केन्द्रका महेन्द्र शाही र नरेश भण्डारी तथा कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्रीको सपना बोकेर प्रदेशसभामा चुनाव लडेका हुन् । अहिलेको चुनावी गणितले जीवनबहादुरको सपना तुहिएको छ भने अन्य चारजना मुख्यमन्त्रीको दौडमा छन् ।

६ नम्बर प्रदेशमा मुख्यमन्त्रीको सपना बोकेर प्रदेशसभा सदस्य निर्वाचनमा ओर्लिने कँडेल एक्लो नेता भने होइनन् । एमालेकै प्रकाश ज्वाला, कांग्रेसका जीवनबहादुर शाही र माओवादी केन्द्रका महेन्द्र शाही तथा नरेश भण्डारी पनि मुख्यमन्त्रीको सपना बोकेर प्रदेशसभामा चुनाव लडेका हुन् । अहिलेको चुनावी गणितले कांग्रेसका जीवनबहादुरको सपना करिब तुहाएको छ । अन्य चार भने मुख्यमन्त्री बन्ने दौडमा जोडतोड साथ लागिरहेका छन् । एकजना मुख्यमन्त्री बन्दा अन्य तीनको सपना तत्कालका लागि सकिने निश्चित छ । माओवादी केन्द्रभित्रबाट समानुपातिक सांसदसमेत मुख्यमन्त्री उम्मेदवार हुनसक्ने सम्भावना पनि छ ।

४० सदस्यीय प्रदेशसभामा एमाले एक्लैको २० सिट छ । उसलाई बहुमतका लागि एक सिट अपुग छ ।  त्यसैले वाम गठबन्धन कायम रहेकै अवस्थामा समेत मुख्यमन्त्री पाउनेमा एमाले पंक्ति ढुक्क देखिन्छ । तर, कँडेलका अगाडि ज्वाला अवरोधको चट्टान बनेर उभिएका छन् । संसदीय तथा शासकीय राजनीतिमा कँडेल वरिष्ठ भए पनि पार्टीभित्र भने कँडेलभन्दा ज्वाला वरिष्ठ मानिन्छन् । कँडेल वर्तमान केन्द्रीय कमिटीमा पहिलोपटक पोलिटब्युरो सदस्य भएका हुन् भने ज्वाला एक कार्यकाल अघिदेखि पोलिटब्युरो सदस्य थिए ।

कँडेलनिकट पत्रकार सूर्यमणि गौतम संसदीय राजनीतिमा अनुभवी र मन्त्रीसमेत भइसकेका नेता स्वाभाविक रुपमा प्रतिस्पर्धामा अब्बल हुने बताउँछन् । ‘उहाँ (कँडेल) मुख्यमन्त्री बनेर समृद्ध प्रदेश बनाउनकै लागि आप्mनो अग्लो क्यारियर थाती राखेर प्रदेशसभामा आउनुभएको हो,’ उनले भने, ‘त्यसमाथि पार्टीभित्र पनि प्रदेशको सहसंयोजक भएकाले जुनियर भन्न मिल्दैन ।’

ज्वालानिकट पत्रकार जीवन बिसी भने तीनपटक सांसद भइसकेको र पार्टीको मर्यादाक्रममा पनि सिनियर भएकाले कँडेलभन्दा ज्वालाको सम्भावना बलियो देख्छन् । ‘उहाँ (कँडेल) ले पार्टीको भूगोलको जिम्मेवारीसमेत पाएकाले सम्भवतः पार्टीले सोही जिम्मेवारीलाई अझ बलियो हुनेगरी दिन सक्छ,’ बिसी भन्छन्, ‘उहाँ (ज्वाला) लाई मुख्यमन्त्री बनाउने योजनाअनुरुप नै तल्लो कमिटीले प्रतिनिधिसभामा उम्मेदवार सिफारिस गरे पनि पार्टीले प्रदेशमा टिकट दिएको हो ।’

माओवादी केन्द्रभित्र पनि शाही र भण्डारीबीच सिनियर÷जुनियरको जोडघटाउ तथा आआप्mनै किसिमले व्याख्या भइरहेको छ । पार्टीमा दुवैजना पोलिटब्युरो सदस्य रहे पनि संसदीय तथा शासकीय राजनीतिमा ‘को सिनियर’ भन्ने विवाद छ । भण्डारी २०६४ मा संविधानसभा सदस्य हुँदा शाही माओवादी लडाकुको ६ नम्बर डिभिजन कमाण्डर थिए । अहिले शाही बिनाविभागीय मन्त्री छन् ।

 जुम्लाका पत्रकार नरेश भण्डारी वरिष्ठता, योग्यता र क्षमताका आधारमा माओवादी केन्द्रबाट शाहीभन्दा सांसद भण्डारीलाई नै सम्भावित मुख्यमन्त्रीको रुपमा देख्छन् । पार्टीले आश्वासन दिएकै कारण चुनावअघि भण्डारीले मुख्यमन्त्रीको आकांक्षा सार्वजनिक गरेको पत्रकार भण्डारी बताउँछन् ।

‘उहाँ माओवादीका अरु सांसदभन्दा सिनियरमात्र होइन, भिजन भएको र कर्णालीको केन्द्र जुम्लाबाट निर्वाचित नेता पनि हुनुहुन्छ,’ पत्रकार भण्डारी भन्छन्, ‘त्यसैले उहाँलाई मुख्यमन्त्री बन्नबाट कसैले रोक्न सक्छजस्तो लाग्दैन ।’ पत्रकार भण्डारी सांसद भण्डारीनिकट मानिन्छन् ।

कालिकोटबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा टिकट पाएका शाहीले वाम गठबन्धनभित्रको समस्या सुल्झाउन मनोनयन दर्ताको दिन प्रदेशसभा सदस्यमा  उम्मेदवारी दिएका थिए । उनलाई मनाउन त्यतिबेला मुख्यमन्त्रीको आश्वासन दिइएको थियो ।

शाहीनिकट मानिने पत्रकार गणेशकञ्चन भारती लोकमानसिंह कार्की प्रकरणबाट वाम गठबन्धनका दुुई शीर्षस्थ नेता केपी ओली र पुष्पकमल दाहालसँग भएको विश्वासपूर्ण निकटता, प्रदेशको पार्टी राजनीतिमा बलियो पकड र केन्द्रीय मन्त्रीको अनुभवले समेत शाहीको मुख्यमन्त्री यात्रा लक्ष्यमा पुग्ने बताउँछन् । ‘प्रदेशसभामा चुनिएकामध्ये शाही नै सबैभन्दा सिनियर नेता हुनुहुन्छ,’ भारती भन्छन्, ‘पार्टीभित्र पनि प्रदेशदेखि केन्द्रसम्म बलियो पहुँचले धेरै हदसम्म सघाउला ।’

कसले पाउला ?

वाम गठबन्धनको अहिलेकै आधारमा प्रदेश सरकार निर्माण हुने अवस्था आयो भने ६ नम्बर प्रदेशमा एमालेसँगै माओवादी केन्द्रको उत्तिकै प्रभावशाली दाबी रहने देखिन्छ । गठबन्धन भत्किएको अवस्थामा भने एमालेले राप्रपा (एक सिट) को समर्थनमा सरकार बनाउन सक्नेछ ।

४० सदस्यीय प्रदेशसभामा सामान्य बहुमतका लागि एमालेलाई एउटा सिटमात्र अपुग छ, जुन राप्रपाबाट सहजै पूर्ति हुन सक्छ । एमालेको समर्थनबिना भने तीनवटै दलको समीकरण भए पनि सरकार गठन हुनसक्ने छैन । एमालेसँग २० को ‘झुप्पा’ छ, जहाँबाट एउटा सांसद चोर्न असम्भवप्रायः छ ।

गठबन्धन कायम रहेको अवस्थामा भने ६ नम्बर प्रदेशमा माओवादीको दाबी बलियो हुनेछ । माओवादी केन्द्रले ७ वटा प्रदेशमध्ये ६ नम्बर प्रदेशलाई आप्mनो बलियो जनाधार रहेको क्षेत्र मान्छ । १ र ३ नम्बर प्रदेशमा एमालेको एकल बहुमत रहेको तथा ५ नम्बर प्रदेशमा शंकर पोख्रेललाई मुख्यमन्त्री प्रस्ताव गरिसकिएकाले सम्भवतः यी तीनवटा प्रदेशमा माओवादी दाबी रहनेछैन ।

६ र ७ नम्बर प्रदेशमा माओवादी केन्द्रको दाबी बलियो हुने प्रमुख कारण हो– यी प्रदेशमा अन्यत्रभन्दा तुलनात्मक रुपमा पार्टीको जनाधार बलियो हुनु । अर्कोतिर, ६ नम्बर प्रदेशमा एमालेकै दुई ठूला नेताबीच चर्को लडाइँ छ भने ७ नम्बर प्रदेशमा मुख्यमन्त्री हुने एमाले ‘हाइप्रोफाइल’ नेताको अभाव छ ।’

 

 

प्रकाशित: १५ पुस २०७४ ०२:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App