१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सूचना नदिइ पक्राउ गरिएको भन्दै नक्कली डाक्टरका परिवार सर्वोच्चमा

काठमाडौं–नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) नक्कली प्रमाणपत्र वोकेको अभियोगमा  केही दिनयता धमाधम पक्राउ परेका डाक्टरहरुले आफूलाई छुटाउन सर्वोच्च अदालतको साथ खोजेका छन्।
प्रहरीले पक्राउ गरे लगत्तै उनीहरुले प्रहरीको पक्राउ गैरकानुनी भएकाले तारेखमा रिहा भएर अनुसन्धान हुनुपर्ने दाबी गर्दै सर्वोच्चमा निवेदन दिएका हुन्। पक्राउ परेका मध्ये १० जना डाक्टरहरु सर्वोेच्च पुगेका हुन् ।
यसरी सर्वोच्च जानेहरुमा निमेष पाल रमण, पन्नालाल प्रसाद पटेल ,बिनिता मण्डल, पुनम कर्ण, इर्शादुल हक, श्रीराम घिमिरे, रामकुमार प्रधान, संतोष कुमार झा  र महमद रुहुल्लाह  रहेका छन्। उनीहरुको तर्फबाट श्रीमती, छोरा, बावु र दिदीले सर्वोच्चमा निवेदन दिइएको छ। निवेदनमा चिकित्सक जस्तो सम्मानजनक पेशामा रहेका आफूहरुलाई बदनाम गराउन सरकारले खुलेआम पक्राउ गरेको र पक्राउ गर्दा विरामीको भेषमा अदालत गएको जिकिर गरिएको छ। उनीहरुको संयुक्त निवेदन आइतबार सर्वोच्चमा दर्ता भएको थियो। उक्त निवेदन न्यायाधीश जगदीश शर्मा पौडेलको एकल इजलाशमा रहेको छ। उनीहरुको निवेदनमा पक्राउ गर्ने सरकारको निर्णय गैरकानुनी घोषणा गर्दै ,आगामी दिनसमेत यस्ता कार्य नर्गन ÷नगराउन आदेश जारी हुनुपर्ने माग गरिएको छ । निवेदनमा आफूहरुलाई विना पूर्जि प्रहरीले पक्राउ गरेकोले तत्काल रिहा गर्न आदेश जारी गर्नु पर्ने दाबी गरिएको छ।
नक्कली डाक्टरलाई पक्राउ गर्न प्रहरीले अप्रेसन ‘क्याक’ चलाएको थियो। यही अभियान अन्र्तगत देशभरका नक्कली डाक्टरहरु पक्राउ परेका थिए । त्यस विरुद्ध देशका कतिपय स्थानमा आन्दोलनसमेत भएको छ । उनीहरुलाई म्याद थपका लागि जिल्ला अदालतमा आइतबार उपस्थित गराइएको थियो।

 

प्रकाशित: ६ असार २०७३ ०९:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App