१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

श्रीमान् श्रीमती विवादमा आगो लगाउँदा घर जल्यो

ताप्लेजुङ—ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३ सिकैचामा गएराति भएको आगलागीका कारण एक घर जलेर नष्ट भएको छ। राति करिब ९ बजे भएको आगलागीका कारण दिलबहादुर सावादेन (लिम्बू) को घर जलेर पूर्णरुपमा नष्ट भएको हो।

स्थानीय केशर बराइलीका अनुसार घरसहित घरभित्र रहेका लत्ताकपडा, अन्नपातलगायतका सामान जलेर नष्ट हुँदा करिब रु दुई लाखभन्दा बढीको क्षति भएको गाउँलेको अनुमान छ।

राति घरायसी विषयमा श्रीमान् र श्रीमतीबीच सामान्य विवादपछि श्रीमान् दिलबहादुरले घरमा आगो सल्काएको बराइलीले बताएका छन्। आगलागी हुनासाथ स्थानीयले नियन्त्रणको प्रयास गरेपनि समयमा नियन्त्रण नहुँदा घर पूर्णरुपमा जलेको बताइएको छ।

आगलागी भएको दुई घण्टापछि मात्रै आगो नियन्त्रणमा आएको थियो। आगलागी पीडित परिवार भने छिमेकीको शरण लिएर बसेको बताइएको छ।

यता प्रहरीले भने घटनाका विषयमा बिहानमात्र जानकारी भएकाले त्यसतर्फ अहिले प्रहरी पठाइएको र घटनाका सम्बन्धमा थप बुझ्ने जनाएको छ। रासस

 

प्रकाशित: १३ पुस २०७४ ०७:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App